२७ जेठ २०८३, बुधबार

चीन अमेरिका व्यापार विवाद, अधिकारीबीच फोन वार्ता

भदौ ९, २०७७
चीन अमेरिका व्यापार विवाद, अधिकारीबीच फोन वार्ता
फाइल फोटो।

चीन तथा अमेरिकाबीचको व्यापार विवाद समाधानका लागि गठित  विस्तृत आर्थिक वार्ता समितिका दुबै देशका प्रमुख वार्ताकारहरूबीच फोनवार्ता भएको छ। 

चिनियाँ वार्ता टोलीका प्रमुख तथा उप प्रधानमन्त्री लिउ हेले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर तथा अर्थमन्त्री स्टेवन मुनचिनसँग मङ्गलबार विहान फोन वार्ता गरेका हुन्।

दुबै पक्षले समष्टिगत आर्थिक नीतिहरूको द्विपक्षीय समन्वय तथा चीन–अमेरिकाबीच भएको पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौता कार्यान्वयन गर्ने विषयमा रचनात्मक वार्ताका लागि कुराकानी भएको बताइएको छ।   

उक्त अवसरमा दुबै पक्षले व्यापार सम्झौताको कार्यान्वयनलाई अगाडि बढाउँदै परिस्थिति र वातावरण सिर्जना गर्न सहमति जनाएको पनि चिनियाँ अधिकारीले जनाएका छन्।

salt training

कमेन्ट गर्नुहोस्