लोकान्तर समाचार प्रभाव : प्रदेश सभाबाट फाइल मगाएर अख्तियारले थाल्यो अनुसन्धान

प्रदेश सभाका गाडी मर्मत लगायत अन्य विभिन्न क्षेत्रमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयले छानबिन थालेको छ । 

आयोगका प्रवक्ता सुरेश भुसालले प्रदेश सभाबाट फाइल मगाएर छानबिन थालिएको लोकान्तरलाई जानकारी दिए । 


Advertisement

नयाँ गाडी मर्मतमै अचाक्ली खर्च एक वर्षमै आधा करोड भुक्तानी’ शीर्षकमा लोकान्तरले साउन २८ गते समाचार प्रकाशित गरेको थियो । 

आयोगका प्रवक्ता भुसालले भने, ‘फाइल मगाएका छौं । यो विषयमा गम्भीर रुपमा छानबिन गर्ने तयारीमा हामी छौं । अहिले यो भन्दा बढी केही भन्न मिल्दैन ।’ 


Advertisement

प्रदेश सभामा सचिव र लेखा अधिकृतले समेत कानूनविपरीत सुविधा लिएको विषयमा पनि आएको छ । 

यो विषयमा प्रदेशको सार्वजनिक लेखा समितिले पनि छानबिन थालेको छ । लेखा समितिले पनि बैजनाथ कलवारको संयोजकत्वमा समिति बनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्