कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कोभिड– १९ को संक्रमणका कारण पछिल्लो समय नेपालमा मृत्युदर ह्वात्तै बढेको छ ।
अस्पतालहरूमा गम्भीर अवस्थाका बिरामी उपचार गर्ने स्वास्थ्य उपकरणहरूको कमी भएको समाचार निरन्तर आइरहेका छन् ।
विशेषतः श्वासप्रश्वास प्रणालीमा असर गर्ने कोभिड– १९ संक्रमणले देशभर पर्याप्त सघन उपचार कक्ष माग गरिरहेको छ भने अन्तिम अवस्थामा आवश्यक पर्ने भेन्टिलेटरको अभाव अस्पतालहरूले भोगिरहेका छन् ।
देशैभरका अस्पतालमा बिरामीलाई श्वास फेर्न सहज गराउने यन्त्र (अक्सिजन थेरापी मेसिन) र श्वासप्रश्वास रोक्न नदिने यन्त्र (भेन्टिलेटर)को माग बढिरहेको अवस्थामा केही अभियन्ताहरूले 'भेन्टिलेटर बैंक'को स्थापना गरेर उक्त कमीलाई पूरा गर्न खोजिरहेका छन् ।
सघन उपचारको सुविधा भएका देशभरिका अस्पताललाई आवश्यकताका आधारमा भेन्टिलेटर उपलब्ध गराउन भन्दै नेपाल भेन्टिलेटर सर्भिसेज स्थापना भएको छ । जहाँ आवश्यक पर्छ त्यहाँ भेन्टिलेटर पुर्याउने र जहाँ आवश्यक पर्दैन त्यहाँबाट ल्याएर आवश्यक परेको ठाउँमा आपूर्ति गर्ने अवधारणाका साथ स्थापना गरिएको गैरनाफामुखी संस्था नेपाल भेन्टिलेटर सर्भिसेजले आफ्नो काम शुरू गरिसकेको छ ।
गैर-नाफामुखी भेन्टिलेटर बैंक !
धुम्बाराहीस्थित संस्थामा बिहीवार दिउँसो लोकान्तरकर्मी पुग्दा डाक्टर विशाल ढकाल आफ्नो काममा व्यस्त थिए । उनले आफ्नै कार्यालयलाई भेन्टिलेटर सर्भिसेजको कार्यालय बनाएका रहेछन् ।
साढे ४ महिनाअघि नै स्थापना गरिएको संस्थामा अहिले करीब १ दर्जन भेन्टिलेटर अस्पतालमा आपूर्ति गर्न तयार अवस्थामा राखिएका थिए भने २५ जति भेन्टिलेटर आवश्यक परेका अस्पतालहरूमा दिइसकिएको डा. ढकालले बताए ।
यस अभियानमा डा. ढकाल, लक्ष्मी ग्रुपका निर्देशक निरन्जन श्रेष्ठलगायत पूर्वअर्थसचिव रामेश्वर खनाल, डा. सुवास आचार्य र दीपेन्द्र चौलागाईंसमेत सहभागी छन् ।
डा. ढकाल र श्रेष्ठले कोभिड– १९ शुरू हुँदादेखि नै विभिन्न ठाउँहरूमा फिभर क्लिनिक बनाउने अभियान शुरू गरेका थिए ।
'हामीले धेरै ठाउँमा फिभर क्लिनिकहरू बनायौं,' डा. ढकालले भने, 'त्यसपछि कोभिड– १९ बाट आक्रान्त इटाली लगायतका कतिपय देशहरूमा भेन्टिलेटरको कमी भएकै कारणले धेरैले ज्यान गुमाउनु परेका समाचारहरू आए, त्यसपछि हामीले भेन्टिलेटर बैंकको कन्सेप्ट अघि सार्यौं।'
भेन्टिलेटर बैंकको कन्सेप्टमा पूर्व अर्थसचिव खनाल, डा. आचार्य र चौलागाईं सहमत भएपछि काम अघि बढेको उनको भनाइ छ ।
'हामीले विशुद्ध गैर-नाफामुखी अभियान सञ्चालन गरेका हौं, तर भेन्टिलेटर मर्मत गर्न र जोड्नका लागि पैसाकै आवश्यकता हुने भएकाले न्यूनतम शुल्कमा अस्पतालहरूलाई भेन्टिलेटर उपलब्ध गराएका छौं,' डा. ढकालले भने ।
उनले सरकारी अस्पताललाई प्रतिदिन प्रति भेन्टिलेटरको रू १ हजार, सामुदायिक अस्पताललाई २ हजार र निजी अस्पताललाई प्रतिदिन ३ हजार शुल्क तोकिएको जानकारी दिए । भेन्टिलेटर किन्न या मर्मत गर्नका लागि चाहिने आर्थिक स्रोत भने दाताहरूको सहयोगमा जुटाइएको उनको भनाइ छ ।
'हामीलाई जो कोहीले पनि सहयोग गर्न सक्नुहुन्छ,' डा. ढकालले भने ।
उद्देश्य १ हजार भेन्टिलेटर जम्मा गर्ने, हालसम्म जम्मा ३५
१ हजार भेन्टिलेटर जम्मा गर्ने उद्देश्य राखेर संस्था स्थापना गरिएको हो । अहिलेसम्म ३५ वटा भेन्टिलेटर जम्मा भइसकेका छन् भने थप २० वटा जति मेसिन आउने क्रममा रहेको डा. ढकालले बताए ।
'हामीलाई थुप्रै अस्पतालबाट अनुरोध आएको छ,' डा. ढकालले भने, 'अहिले लिमिटेड मेसिन भएकाले सबैलाई पुर्याउन सकिएको छैन । ह्याम्स अस्पताल, बुटवलको भीम अस्पताल, ग्रान्डी, नेपाल क्यान्सर अस्पताल, नेपालगञ्ज मेडिकल अस्पतालबाट हामीलाई अनुरोध आइरहेको छ । हामीले थप मेसिनहरू ल्याउने क्रम जारी राखेका छौं । हामीसँग मेसिन आएलगत्तै थप अस्पतालहरूमा उपलब्ध गराउनेछौं ।'
ह्याम्स अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
लोकान्तरकर्मीसँग कुरा गर्दागर्दै डा. ढकालले धुम्बाराहीकै ह्याम्स अस्पताललाई एउटा भेन्टिलेटर हस्तान्तरण तत्काल गर्नुपर्ने सुनाए । त्यसपछि हामी डा. ढकालसँगै ह्याम्स अस्पताल पुग्यौं । ह्याम्स अस्पतालका क्रिटिकल केयर स्पेसलिस्ट डा. सविन कोइरालाको टीम भेन्टिलेटर मेसिन पर्खिरहेको थियो ।
सेवा, सुविधामा आफैंलाई अब्बल दाबी गर्ने ह्याम्स अस्पतालसँग पनि जम्मा १३ वटा भेन्टिलेटर मेसिन रहेछन् । किन यति धेरै कम मेसिन राख्नुभएको त भन्ने प्रश्नमा डा. कोइरालाले भने, 'नेपालको कुनै पनि अस्पतालले १००/१०० वटा भेन्टिलेटर मेसिन किनेर राख्न सक्दैन । यो महंगो छ र भेन्टिलेटरको सुविधा लिनेहरू पनि त्यति धेरै हुँदैनन्, तर एकैचोटी जतिबेला, जतिसुकै मेसिनको आवश्यकता पर्न सक्छ । त्यसैले हामीले पनि भेन्टिलेटर सर्भिसेजको सहयोग लिएका हौं ।'
डा. ढकालले डा. कोइरालासहितको टीमलाई भेन्टिलेटर हस्तान्तरण गरे ।
'बिरामीलाई भेन्टिलेटर भएको ठाउँमा लैजानुभन्दा भेन्टिलेटर नै बिरामी भएको ठाउँमा लैजान सजिलो हुन्छ,' डा. कोइरालाले भने, 'उहाँहरूले जुन कन्सेप्ट लिएर काम गरिरहनु भएको छ त्यो एकदमै राम्रो छ । अब भेन्टिलेटरकै अभावमा बिरामीहरूको निधन हुने भय न्यून भएको छ ।'
ह्याम्स अस्पतालमा अहिले करीब ४० जना कोभिड– १९ संक्रमित उपचाररत छन् । तीमध्ये भेन्टिलेटरमा ४ जना, ३ जना हाइफ्लो अक्सिजन थेरापी मेसिनको सहायतामा र बाँकी सामान्य अक्सिजन थेरापीमा रहेको अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले बताए ।
नेपालमा कति छन् भेन्टिलेटर ?
केही दिनअघि संसदीय समितिले सरकारलाई १० हजार भेन्टिलेटर र आईसीयू व्यवस्था गर्न र त्यसको सञ्चालनका लागि तत्कालै जनशक्ति भर्ना गर्न निर्देशन दिएको थियो ।
कोभिड– १९ को महामारी अझ बढ्ने अनुमानका साथ दिइएको उक्त निर्देशन कार्यान्वयन गर्न सरकार लागिपरेको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ । 'तर १० हजारको संख्यामा भेन्टिलेटर प्रयोग गर्न आवश्यक जनशक्ति नेपालमा छैन,' मन्त्रालयका उच्च अधिकारीले लोकान्तरसँग भने ।
उनले हरेक प्रदेशलाई आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न २/२ करोड बजेट बिनियोजन गरिसकिएको जानकारी दिए । यद्यपि प्रदेशहरूले अझै पनि भेन्टिलेटर र आईसीयू व्यवस्थापन गर्न सकिरहेका छैनन् ।
स्वास्थ्य मन्त्रालयले हाल देशभरिमा २ हजार ६०० को हाराहारीमा आईसीयू र करीब ९ सय भेन्टिलेटर रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार देशभर १४ जना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन् भने १ सय ५६ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...