कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
पढेका कुरा चाँडै बिर्सेर हैरान हुनुहुन्छ? अब चिन्ता लिनु पर्दैन। यी उपाय अपनाउँदा पढेकाे कुरा सम्झन सहयाेग पुग्छ।
अन्डरलाइन गरेर पढ्ने: अन्डरलाइन गरेर पढदा अर्को पटक आफूलाई चासो लागेका विषय खोज्न सजिलो हुन्छ। परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो-याउँदा सम्झन सजिलो हुन्छ।
आफैँ नाेट बनाउने: परीक्षाका बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्नुहुन्छ भने आजै बन्द गर्नुस्। आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ। शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधि सजिलो हो। आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न।
लेख्ने पूर्वाभ्यास: पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन। परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ पटक अभ्यास गर्दा सजिलो हुन्छ। घरमा पहिले नै प्रश्न बनाएर अभ्यास गर्दा आत्मबल समेत बढ्छ।
सर्टकट बनाएर पढ्ने: कतिपय फर्मुलाका बुँदा लामो र दिक्क लाग्दा हुन्छन्। सम्झन अप्ठ्यारो हुन्छ। इतिहास, विज्ञान, अर्थशास्त्र र गणितका सूत्र सम्झन सर्टकट बनाउँदा सजिलो हुन्छ। जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा प्वाइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ ।
टाइमटेबल बनाउने:बोझ लिएर पढ्दा जति पढे पनि याद हुँदैन। कतिपयले पढ्न नभ्याएको पनि बताउँछन् । पढ्न समय व्यवस्थापन गर्नैपर्छ । पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ।
प्रश्नोत्तर गर्ने: साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरुमा हुन्न ।सानो टिम बनाउनुस्, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्नुस्, त्यसो गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।
सिम्बोल दिने: पढेका कुरालाई याद गर्नलाई संकेत पनि दिन सकिन्छ । जस्तो विभिन्न फर्मुलालाई विभिन्न कलरको नामाकरण पनि गर्न सकिन्छ ।
साथीहरुसँग पर्याप्त छलफल गर्ने:पढ्दापढ्दै कुनै टपिक्स बुझिदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो। समूह बनाएर आ–आफूले रुचीको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्रारा विषय समेत सहज बन्छन्।
प्रयोगात्मकमा ध्यान दिने: पढ्ने विषय पूरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ। मानौँ तपाईं नेपालीको विद्यार्थी हुनुहुन्छ भने कथा, कविता कसरी लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरुले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ ।
हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न।
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...