×

NMB BANK
NIC ASIA

प्रेम

भदौ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • कैलाशप्रसाद पाण्डेय

विगत २ दशकभन्दा बढी समयदेखिको काठमाडौं शहर बसाइका क्रममा मस्तिष्कमा विचारका तरङ्गले जसरी पाइला चाले, त्यसरी नै प्रेम शब्दले समाजमा आफ्नो आवाजको ध्वनि ध्वनिरत गरिरह्यो । आवाजका अमूर्त आकार प्रकारले साना, ठूला, मसिना, छोटा सबैलाई सबैतिर फैलाएर नयाँ आकारको परिवेश निर्माण गराएको कुरा शरीरमा भएका नयेन्द्र र मनेन्द्रले राम्रैसँग अवलोकन गरे भने हृदयन्द्रले स्वस्पर्श गर्‍यो, ठीक र बेठीक छुट्याउनै सकेन ।

Sagarmatha Cement
Muktinath Bank

प्राप्य भएर पनि अप्राप्य प्रेम, अर्थ भएर पनि अनर्थ प्रेम, साइनो भएर पनि पराइ प्रेम, गति भएर पनि स्थिर प्रेम, जीवन भएर पनि मृत्यु प्रेम, आत्मिक भएर पनि शारीरिक प्रेम, ईश्वर भएर पनि पुजारी प्रेम, सागर भएर पनि नदी प्रेम, शर्तहीन भएर पनि शर्तपूर्ण प्रेम अनि एक भएर पनि अनेक प्रेमका प्रसङ्ग र सन्दर्भले प्रेमको जरा गाड्न सकेन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेरो प्रेमले मलाई प्रेम गरेन अनि प्रेम प्रेमबाट भाग्न थाल्यो, मैले पछ्याउदै गएँ, भाग्दै गयो, दौड्दै गएँ अनन्तको दौडाइ चलिरहेछ, सायद चलिरहन्छ । किनकि सबै पछ्याइरहेछन्, दौडिरहेछन्, भागिरहेछन् अनि भगाइरहेका पनि । मैले ढुंगामा प्रेम खोेजें, माटोमा प्रेम खोजें, थलमा खोजें, कुनामा खोजें, कन्दरामा खोजें, लयमा खोजें, विलयमा खोजें, शून्यमा खोजें, शून्यतामा खोजें तर प्रेमले कहिले पनि आफ्नो स्वरूपको दर्शन दिन सकेन, भनौं दिएन र मैले पाइनँ ।


Advertisment
Nabil box
Kumari

समाजले जीवनमा खोज्यो, जगतमा खोज्यो, संसारमा खोज्यो, संसारबाहिर खोज्यो कतिसम्म पायो, कतिसम्म पाएन ? लेखाजोखा नै छैन । जसले पायो पाएकै रहेनछ अनि जसले पाएन केही भए पनि पाएको रहेछ । चाल नपाएपछि कसको के लाग्दो रहेछ र ? विधाताले विधाता बनेको बिर्सिदिएपछि ।

Vianet communication
Laxmi Bank

प्राकृतिक शरीरमा रहेका अनेक तत्वहरू जब मूर्त र अमूर्त भएर बग्न थाल्छन्, तब तिनीहरूले आ–आफ्नो दिशानिर्देश गरिरहेको कुरा थाहा नहुँदोरहेछ । तिनै तत्वहरूको प्रभावले शारीरिक, मानसिक ग्रन्थीहरूको निर्माण र संहार सँगसँगै हुँदो रहेछ । भावनाले स्खलन खोजिरहेको बेला मनोद्वेगले विचलन ल्याउँदो रहेछ ।  प्रेम एक अमूर्त स्थिति, मैले मर्र्तमा स्थापित गराउने प्रयास गरेछु । त्यसो त सबैले गरेकै छन्, त्यसैको प्रयासमा प्रयासरत छन् र त मैले सिको गरेको । हुन त मूर्त वस्तुमा अमूर्तको छायाँ देखेर हो कि टिप्न खोजेको तर छायाँ ढुंगा जस्तो टिप्न कहाँ सकिन्छ र ? के त्यही छायाँ टिपाइ नै संसार र समाजको भूल हो कि, त्यसो त बुद्धि र विवेक नभएको पनि होइन, भएर पनि नभएको जस्तो समाजको चालढालले आफ्नो बाटो काट्न नै सकिरहको छैन जस्तो कि मैले सकिरहेको छुइनँ ।

फुलेका फूलमा आएको सुगन्धले वातावरण सुगन्धित पार्छ नै तर फुलुञ्जेलसम्मको संघर्ष, पर्खाइ र हण्डरको मूल्य वासनाभन्दा बढी नभएको पनि त होइन । सुगन्धको प्राप्ति मात्रै प्राप्ति हो भने सुगन्ध प्राप्ति पछिको स्थिति के त  प्रेमको स्वरूप र संरचना विराट भएता पनि यसको रूपान्तरणको बाटो भने ससाना साँघुरा गल्ली जस्ता हुँदारहेछन् । मैले धेरैजसो गल्लीका बारेमा विचरण गरेता पनि एउटै गल्लीको पछ्याइमा रहेछु जस्तो लाग्छ । मैले खोजेको, छानेको, भेटेको भेटाएको, मागेको सबै कुरामा प्रेमको छायाँ हुन्छ भन्ने सोचेको थिएँ तर त्यो मरुभूमिको टाढाबाट देखिने छल तलाउझै रहेछ, नजिक पुग्यो तलाउ छैन वालुवा मात्रै । 

मैले अहिलेसम्म भेटाएको सबै जति मरभूमिको छल तलाउझै रहेछन् । म यही समाजको उत्पादक हुँ, जस्तो समाज छ त्यस्तै म छु र जस्तो म छु त्यस्तै मेरो समाज । हामीबीच धेरै कुराको समानता छ । तर केही कुराको भिन्नता यो भिन्नता खुट्याउन गाह्रो छ, जसले भिन्नता खुट्टयाए उसले नयाँ बाटो पहिल्यायो उसैले प्रेमको छायाँ पनि टिप्न सफल भयो होला र हुनेछन् । त्यसैले मैले सोचेको प्रेम अनि मेरो समाजको प्रेम र हामी सबैले माया गर्ने प्रेम यथार्थमा यथार्थ कहिल्यै हुन सकेन नत्र प्रेमले केही आत्मानुसुख, आनन्द र परिवर्तन ल्याउथ्यो होला तर त्यो त भएको देखिँदैन, मेरो जीवनमा र म जस्तैको जीवनमा ।

प्रेमको व्यापक स्वरूपका बीचमा मेरा नयनले बढी जसो युवक र युवतीका बीचको पे्रम नियाल्यो । दुबैको खोजाइ, रोजाइ, र पुजाइ पृथक–पृथक देखापर्‍यो । हेर्दा दुवैले एकअर्कालाई माया दिइरहेको तर यथार्थमा दुवैले एकअर्काबाट माया मागिरहेका, खोजिरहेका तर कसैले कसैलाई दिन नसकेका, त्यसो त नदिएका पनि होइनन्, दिन मात्रै नसकेका त्यसको पछाडि उनीहरूको संवेगात्मक, भावनात्मक कारणहरू होलान्, त्यसो त जीवनको भोगाइका बारेमा कसलाई थाहा छ र ? जीवन भोग हो कि रोग हो, सत्यको धरातलमा टेक्न र पुग्न धेरै कठिन र गाह्रो छ । 

स्त्री र पुरुष सृष्टिको अचम्म र उत्कृष्ट नमूना हो, जसका स्वभावहरू एक मानिसका जस्ता भएर पनि पृथक छन्, स्त्री र पुरुष हेर्दाखेरी सामान्य फरक देखिएता पनि उनीहरूका बीचको फरक आकाश र जमिनबीचको दूरी समान छ, स्त्रीको सोच र पुरुषको सोचाइ २ विपरीत ध्रुब हुन एउटाले क्षितिज नियाल्छ, अर्काले समथर छिचोल्छ, स्त्रीको सोचले पुरुषको धरातल छुन सक्दैन, न कि पुरुषको सोचले स्त्रीको घुँडा नै नाप्न सक्छ । त्यसैले एकै लवाइ एकै खुवाइमा पनि धेरै लवाइ अनि खुवाइका घटनाहरू जन्मन पुग्दछन् । त्यसैले होला स्त्री र पुरुषका बीचको प्रेम वास्तविक प्रेममा बग्न नसकेको, बगाँउदा पनि ती धरातलीय भिन्नताका फरकहरू अवरोध भएर बसेका र प्रेमको नदीले गति लिन नसकेको ।

प्रेम प्रकृतिमय छ अनि प्रकृति प्रेममय तर मनुष्य प्रकृतिको देन भएर पनि प्रकृतिमय हुन सकिरहेको छैन । सायद प्रकृतिले आफैं रचना गर्दा पनि मनुष्यमाथि केही कुरामा पक्षपात गरेको छ कि त्यो केका लागि त ? प्रकृतिका लागि मनुष्यका लागि अथवा त्योभन्दा बाह्य अज्ञात विषय र जगत्का लागि हामीले हुन खोजेर पनि नहुने र नभएर पनि नहुने एउटा नाटकीय र यथार्थका बीचको अनुत्तरित परिवेशमा बाँच्नुपर्ने बाध्यता र अपरिहार्यता नै जीवन प्रतिको प्रेम दृष्टि भएर रहेको छ । साहित्य र संगीतका साधकहरूले छरपस्टिएका प्रेमका स्वरूपहरूलाई बटुलिरहेका छन्, एकत्रित गरिरहेका छन् अनि बेलिविस्तारका साथ पस्किरहेका छन् । कसैले प्रेम पाएन रे, तृप्त भएन रे, हृदयको भाषा बुझेन वा जानेन र माया गर्छु भनेर पनि प्रेमले साथ दिएन रे अनि प्रेम कहिले पनि प्रेम हुन सकेन रे ! हुन त संसारमा प्रेमका जति स्वरूप र सन्दर्भ जुन पलपल उठिरहन्छन्, त्यति केका नै होलान् र ?

सबैका इच्छा र आकांक्षा अनि जीवनको एक मात्र धोको नै प्रेम हो कि बाँचुञ्जेल प्रेमको आश, मरुञ्जेल प्रेमको इच्छा अनि भोगुञ्जेल प्रेमको प्यास, तृप्तताको प्रयासमा अतृप्त रहेको प्रेमले मानिसको बुद्धिमता मस्तिष्कलाई नराम्ररी घुमाइदिएको जस्तो देखिन्छ । संसारमा प्रेमले आफ्नो स्वरूपको विराट दर्शन देखाउन नसके पनि प्रेमीहरूले विराट दर्शन त देखाइरहेकै छन् प्रेमका पारखीहरू कहिले प्रेमका शब्दका झोक्काहरू बोल्छन्, लय मिलाउँछन्, ताल मिलाउछन्, गाना बजाना गर्दछन् र लाग्छ प्रेमले आफ्नो दूत नै पठाएको हो कि तर यथार्थमा प्रेमका दूतहरू कहिल्यै प्रेम दूत हुन सकेनन् । मैले नदेखेको नसुनेको अनि कल्पना गर्न नसकेका प्रेमका दूतहरू पनि यस संसारमा नहोला भन्न त सकिन्न । प्रेमको स्वरूपले कसैलाई दर्शन त दिएकै होला नत्र प्रेमको गुप्त स्वरूपको के महत्त्व, अनि के अर्थ ? हुन त अदृश्य प्रेम भएर नै आफ्नो स्वरूपको दर्शन नदिएर नै प्रेमले आफ्नो स्थान कायम राखेको होला पनि, जसो कि ईश्वरले ईश्वरीय स्वरूपको दर्शन नदिएर नै संसारले ईश्वरलाई पुजिरहेको छ, नत्र भने भौतिक मापदण्डमा ईश्वरको मापन हुन्थ्यो कि खोलाले सागरलाई गुहारे पनि आखिर खोलाले सागर कहाँ जानैपर्छ, मिल्नैपर्छ अनि पो खोला सागर बन्छ । 

यस्ता प्रेमका स्वरूपका खोलाहरू संसारमा अनगिन्ति नै छन् । धेरै बगे कति बीचमै सुके अनि कति सागरको काखमा लुट्पुटिए, खोलाले ढुंगामा छिचोल्यो, बगर छिचोल्यो, ढिस्को काट्यो, गल्छी भेट्यो, पहाड काट्यो, मैदान बगायो, संघर्ष र पीडाका क्षणहरू १–१ गर्दै सह्यो अनि बल्ल प्रेम प्रेममा गएर विलीन भयो, प्रेमपूर्ण भयो एक भयो तर आज धेरै खोलाहरू मरुभूमिसँग प्रेम गर्न खोजिरहेका छन्, कतिलाई मरुभूमिले आफ्नोे गर्भमा लुकायो कति बग्नै नसकेर सुके र बग्न खोजेकाहरू प्नि बग्न नसकेर जमेर बसे, तलाउ बाँधेर बसे, जीव र वनस्पतिका संरक्षण भए । खैर जे होस् प्रेमले सीमा बाँधेकै छ, डोरी समातेकै छ । आफूमा आफैं मस्त छ, उल्लास छ, उमंग छ, तरङ्गित भएको छ, भलै प्रेमदूतहरूले सीमा नाघे पनि डोरी चुडाले पनि निन्याउरो मुहार लाए पनि तरङ्गहीन भए पनि प्रेमले सदैव प्रेमदूतहरूको आशा गरिरहेकै छ, आफ्नो लागि केही सन्देश ल्याउँछ कि भनेर तर विडम्बना प्रेमदूतहरू कहिले पनि प्रेमदूत हुन सक्दैनन् । हरेक प्रेमले नयाँ प्रेमी खोजिरहेको हुन्छ भने हरेक प्रेमी नयाँ प्रेमको खोजमा रहन्छ भलै उसका आँखा एउटै प्रेममा केन्द्रित भएता पनि । मनुष्यको स्वभाव मनबाट बढी प्रभावित रहन्छ अनि मन आफैंमा चञ्चल अनि उदण्ड पनि मनको चञ्चलता कसले बुझ्ने ? जब मनले इच्छा र आकांक्षा जन्माइरहेका बेला । 

आजको शताब्दीमा मिराबाई पनि त जन्मिन गाह्रो छ । कृष्ण प्रतिको प्रेम मिराबाईको कस्तो प्रेम हो ? आफ्नो कालखण्डमा मिराबाइले कृष्णलाई सबै प्रकारको प्रेमको परिभाषामा परिभाषित गरिन्, युवतीको प्रेमदेखि लिएर भगवत् प्रेमसम्म गरिन् अरे, के ईश्वर मानेका ईश्वरसँग प्रेमी, पति, साथी समान सम्बन्ध राख्न सकिँदो रहेछ त ? यदि सकिदो रहेछ भने यसले प्रेमको नयाँ स्वरूप दिएन र ? अनि त्यसैगरी राधाको प्रेम के हो त ? त्यसो भए इन्द्रियका कुनै प्रकारका तरङ्गले पनि प्रेमलाई जुठो पार्न नसक्दो रहेछ त अनि किन आज प्रेम चोखोभन्दा बढी जुठो भइरहेको छ ? के प्रेमले आफ्नो स्वरूप धारण गर्न सकिरहेको छैन ? छैन पनि होला नत्र समाजको अन्ध परम्पराको अनुशरण हो कि नत्र मिराबाईको प्रेमलाई समाप्त पार्ने प्रयास गरिँदैनथ्यो होला । के अहिलेका चोखो प्रेमीका लागि जहर पनि अमृत अनि सर्प पनि गहनामा बदलिन सक्छन् जस्तो मिराबाईका लागि भएको थियो । त्यसो त अहिलेका मिराबाईहरूले पनि संगीतका ध्वनिहरू चारैतिर छरिरहेका छन्, आफ्ना प्रेमीका लागि भजन गाइरहेका छन्, भजन रचिरहेका छन्, प्रेम तपस्या गरिरहेका छन् तर प्रेम नजिकभन्दा टाढा भइरहेको भान हुन्छ । प्रेमले प्रेमको स्वरूप लिन नसकेपछि कसको के लाग्छ र अहिलेको दुनियाँमा ।

बालकोट, भक्तपुर ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x