×

NMB BANK
NIC ASIA

माथिल्लो रावाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो

भदौ १७, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ।

Muktinath Bank

उक्त गाउँपालिका–६ दिप्सुङ र ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट हालै उत्पादन गरिएको तीन मेगावाट क्षमताको जलविद्युत् आयोजनालाई दिक्तेल–गाईघाट ३३ केभी प्रसारणलाइनअन्तर्गत बुइपामा सञ्चालित सब–स्टेसनमा जोडिएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रावाखोलाको पानीलाई सुङ्देलको बिहीबारेमा निर्माण गरिएको हेडड्रेसबाट दुई हजार १०० मिटर लामो पाइपलाइनमार्फत सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत् उत्पादन गरिएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले बताए।


Advertisment
Nabil box
Kumari

‘जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारनलाइनमा जोडिएसँगै भदौ १६ गतेदेखि नेपाल विद्युत् प्राधिकरण खोटाङले जिम्मा लिएर मिटर रिडिङको काम शुरु गरेको छ,’ उनले भने, ‘जलविद्युत् आयोजनाको सम्पूर्ण काम सम्पन्न भए पनि अहिले विश्वभर महामारीका रुपमा देखा परेको कोरोना भाइरसका कारण माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन भने केही समयपछि मात्र गर्ने तयारी गरेका छौँ।’

Vianet communication
Laxmi Bank

राष्ट्रिय बाणिज्य बैंकको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत गरी करीब ६० करोडको लागतमा माथिल्लो रावाखोला जलविद्युत्को काम सम्पन्न भएको जनाइएको छ। विसं २०६८ देखि उत्पादनको पहल थालिए पनि २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाका लागि कन्सट्रक्सन निर्माणको काम शुरु गरिएको थियो। 

माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको पावरहाउस, हेड, पाइप अड्याउने स्याडल, एङ्कर ब्लकलगायत सिभिल कन्सट्रक्सनको काम ट्रिपल एक्स कन्सट्रक्सन एन्ड सप्लायर्स प्रालिले, जेनेरेटर, टर्वाइन, ट्रान्सफर्मर, प्यानल उपकरण जडान लगायतका इलेक्ट्रो मेकानिकलको काम सिमर इनर्जीले तथा इन्जिनीयरिङको काम काम युनिट्स इन्जिनीयरिङ कन्सटेन्सीले गरेको जनाइएको छ। केपिलासगढी गाउँपालिकाबाट उत्पादित माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना जिल्लामा निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएकामध्ये सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना हो। 

माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको विद्युत्लाई राष्ट्रिय प्रसारणलाइनमा जोडेर अहिले ट्रायल लिने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश राय यादवले बताए। ‘जिल्लामा १६ हजार १९४ घर विद्युत् उपभोक्ता रहेका छन् । अहिले दुई दशमलव पाँच मेगावाट विद्युत् नियमित आएमा पर्याप्त हुन्छ,’ उनले भने, ‘केन्द्रीय प्रसारणलाइनको विद्युत्अवरुद्ध भएको समयमा पनि माथिल्लो रावाखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेको खण्डमा जिल्लामा लोडसेडिङ हुँदैन । यसले जिल्लावासीका लागि ठूलो राहत मिलेको छ।’

बुइपा सबस्टेशनमा जोडिएको उक्त जलविद्युत् आयोजनाको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु गरी तीन जिल्लामा खपत हुने गरेको छ। यसअघि सञ्चालनमा रहेको ११ केभी प्रसारणलाइनको विद्युत्पोल तथा तारमा ३३ केभी प्रसारणलाइनको क्षमता थपिएकाले दिक्तेल–गाईघाट ३३ केभी प्रसारणलाइन पटकपटक अवरुद्ध हुँदै आएको छ। 

माथिल्लो रावाखोला जलविद्युत् आयोजनालाई नियमित सञ्चालनमा ल्याउनका लागि विद्युत् गृहमा जेनेरेटर जडान गर्न विद्युत् प्राधिकरणसमक्ष समन्वय गर्ने काम भइरहेको प्रवद्र्धक कम्पनीका सञ्चालक तिम्सिनाले बताए। ‘विद्युत् गृहमा जेनेरेटर जडान गर्न नेपाल विद्युत् प्राधिकरणबाट अनुमति लिनुपर्ने हुन्छ,’ उनले भने, ‘अहिले केन्द्रीय प्रसारणलाइनको विद्युत् जोडेपछि मात्र सञ्चालनमा आउने आयोजनामा जेनेरेटर जडान गरेपछि चौबिसै घण्टा विद्युत् उत्पादन गर्न सकिन्छ।’

दश स्थानीय तह रहेको जिल्लामा एक मेगावाट क्षमताको साप्सुखोला हाइड्रोपावर सञ्चालनमा आइसकेको छ भने पाँच मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । साप्सुखोलाकै तल्लो क्षेत्रमा पर्ने राजापानी र छोरम्बुको सिमानाबाट उत्पादन गर्न लागिएको पाँच मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ। 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सानाठूला गरी दर्जनभन्दा बढी जलविद्युत् योजना सञ्चालनमा रहेका छन्। उक्त विद्युत्लाई एकीकृत गरेर केन्द्रीय प्रसारणलाइनमा जडान गर्ने तयारी गरिए पनि काम अगाडि बढेको छैन।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x