'वनकी चरी'को सफलतापछि गायक सापकोटाको 'पिरती नलाम माया मन पोल्छ' बजारमा

'वनकी चरी' गीतको सफलतासँगै चर्चामा आएका गायक अर्जुन सापकोटाले 'पिरती नलाम माया, मन पोल्छ' बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।

उनीलगायत जय देवकोटा, बिमल अधिकारी र यज्ञ सापकोटाको टीमले गीत सार्वजनिक गरेको हो ।


Advertisement

उक्त बोलको गीत अहिले सांगीतिक बजारमा चर्चामा रहेको छ । दर्शकको चाहना बुझेर नयाँ नयाँ स्वादअनुसार सिर्जना गर्न खप्पिस गायक सापकोटा युवा पुस्तामा मात्र नभई वृद्ध वृद्धासमेतले माया गर्ने कलाकारमा हुन् ।

यो म्युजिक भिडियोमा उनको चन्चले, सधैं मुस्कुराइरहने र सबैसँग घुलमिल हुनसक्ने खुबीले विशेष भूमिका खेलेको छ ।


Advertisement

उनले गीत गाउने मात्र नभएर स्टेज पर्फर्मेन्सहरूमा पनि उत्कृष्टता प्रस्तुत गर्ने गरेका छन् ।

'संघर्ष गरेरै आफू अहिलेको स्थानसम्म पुगेको र सफलता पाउनुछ भने हरेक अप्ठेरोलाई अवसरका रुपमा लिएर अगाडी बढ्नुपर्ने बताउँछन् सापकोटा ।

उनको भर्खरै मात्र बजारमा आएको 'पिरती नलाम माया मन पोल्छ'को अफिसियल भिडियो गत बिहीवार सार्वजनिक गरिएको हो । गीतको टुक्का टिकटकमा पनि भाईरल भएको थियो ।

गीतको शब्द चर्चित मोडल एवं गीतकार विमल अधिकारीको रहेको छ भने गीतमा अर्जुन सापकोटा, जय देवकोटा, यज्ञ सापकोटा र पूर्णकला बीसीको स्वर रहेको छ ।

यस गीतमा सञ्जय श्रीपालीको एरेञ्ज, हेमन्त कान्छा रसाइलीको सारंगी, कुमार सानु पुनको मिक्सिङ रहेको छ ।

म्युजिक भिडियो विमल अधिकारीको निर्देशनमा रहेको छ भने म्युजिक भिडियोमा बिमल अधिकारी, साया भण्डारी, विष्णू भण्डारीलगायतको अभिनय रहेको छ ।

राजेश घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् भने भिडियो भावना म्युजिक सोलुसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियो - 

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्