महामारीका बेलामा घुस लिने वडाध्यक्ष अख्तियारको फन्दामा

सेवाग्राहीसँग घुस लिएको अभियोगमा रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बिहीवार नियन्त्रणमा लिएको छ ।

सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु ४५ हजार घुस मागेको र रु २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिइएको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।


Advertisement

पाण्डेलाई वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताइएको छ । रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्