×

NMB BANK
NIC ASIA

फूलले बजार नपाएपछि चिन्तामा पुष्प व्यवसायी

भदौ २०, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

ग्रीन हाउसभित्र ढकमक्क विभिन्न थरिका फूलहरू फुलिरहेका छन् । फूल फुलेर ओइलिँदै गएपनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरु काम गर्ने अवस्था नै नभएको पुष्प व्यवसायी बताउँछन् । 

Sagarmatha Cement
Muktinath Bank

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा रहेको चण्डेश्वरी फ्लोरिकल्चरमा फार्मका फूलले बजार नपाएपछि व्यवसायी चिन्तित बनेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्पादन भएर बजारीकरण गर्ने बेलामा कोरोना भाइरस महामारीका कारण बन्दाबन्दी भएपछि फूल ग्रीन हाउसमा नै सुकेर गएको फार्म सञ्चालकले बताए । बनेपाका युवा व्यवसायी विकास वादे, प्राणनाथ कायस्थ र कान्छा मानन्धरले शुरू गरेको पुष्प व्यवसाय फस्टाएपनि बेच्ने बेलामा कोरोनाको महामारीसँगैको बन्दाबन्दीले फूल सुकेर गएको बताए ।


Advertisment
Nabil box
Kumari

काभ्रेपलाञ्चोकमा उत्पादन भएको फूलको माग काठमाडौंको बजारमा राम्रो भएको कारण पछिल्लो समयमा जिल्लामा फूल उत्पादन गर्ने पुष्प व्यवसायी बढेका थिए । फार्म सञ्चालक प्राणनाथ कायस्थ भन्छन्, ‘अरुले खेती गरेको देखेपछि साथी मिलेर गरेको खेती राम्रो भएको थियो, बन्दाबन्दीले बजारसम्म  लान पाइएन । लगानी गर्नु मात्रै भयो ।’ ३ जना मिलेर करीब ४० लाख लागतमा १२ वटा ग्रीन हाउस बनाएर  खेती गरेको तर बजार लान नपाउँदा घाटा व्यहोर्नुपरेको अर्का सञ्चालक विकास वादेले बताए ।

Vianet communication
Laxmi Bank

बन्दाबन्दी असार र साउनमा डेढ लाखसम्मको फूल बेचेको भए पनि त्यसले ज्याला समेत नउठेको उनले बताए । एकातिर बजार नपाउनु अर्कोतिर अलिअलि गरेर बेचेको फूलपनि बजारभाउभन्दा आधा मूल्यमा बेचेको उनले बताए । बन्दाबन्दी नभएको भए यसबीचमा ५/६ लाखको फूल बिक्री हुने थियो ।

आम्दानी लिन नपाएपनि वार्षिक डेढलाख भाडा तिर्नुपरेको उनीहरूले बताएका छन् । ‘लाखौंको लगानी गरेर शुरू गरेको खेती उत्पादन भएर बजार नपाउँदाको जस्तो पीडा अरु छैन, आगामी दिनमा सरकारले सहुलीयत ऋण र अनुदान व्यवस्थापन गरिदिएको खण्डमा यो व्यवसायलाई निरन्तर अगाडि बढाउन सहज हुनेछ,’ वादेले भने । फार्ममा जर्वेरा, पिकक्, जिप्सी, सयपत्री र रजनीगन्ध (ट्युरोज) लगायतका फूल छन् । 

अर्का पुष्प व्यवसायी सरराज उप्रेतीले यस वर्ष उत्पादन भएको फूल बिक्री गर्न नपाएरै सुकेर गएको बताए । २ वर्ष अगाडि प्राणनाथ फ्लोरा फार्म स्थापना गरी शुरू गरेको फूल खेतीले १ वर्षअघि सयपत्री फूल बेचेर मात्रै ७ लाखसम्म बिक्री गरेको भएपनि यस वर्ष टनेलभित्र नै ओइलिएर गएको उप्रेतीले बताए । ‘यस वर्ष त सबै फुलेको फूलहरू मल बनाउनुपर्‍यो,’ उनले भने, ‘गत वर्षतिर मागअनुसार उत्पादन गर्न नसकेकोमा यस वर्ष भने पुष्प व्यवसायीको लगानी बालुवामा पानी भने जस्तै सबै फूलहरू फाल्नुपर्‍यो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x