×

NMB BANK
NIC ASIA

धारा निर्माणमा जुटे युवा

भदौ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बाढीका कारण खानेपानीका धारा डुबानमा परेपछि कैलालीको भजनीमा युवा धारा निर्माणमा जुटेका छन् ।

Muktinath Bank

साउन १४ गते आएको बाढीले भजनीमा पानीका मुहानलगायत डुबानमा पर्दा पिउने पानीको समस्या टार्न युवा आफैँले रकम ङ्ंकलन गरी धारा निर्माण थालेका हुन् । भजनी–३ बर्दवाफाँटाका युवा रकम सङ्कलन गरी धारा निमार्णमा जुटेको स्थानीय पदमराज जैसीले बताए । ‘‘भजनी नगरपालिका वर्षेनी बाढी र डुबानको चपेटामा पर्दै आएको छ’’, जैसीले भन्नुभयो, ‘‘सधैँ अरुले बनाइ देलान भनी कति पर्खनु, बाढीका बेला पिउने पानीको अभाव हुने भएकाले आफैँले रकम उठाएर बनाउन थालेका हौँ ।’’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा नं ३ का २२ युवाले रु ४४ हजार सङ्कलन गरी धारा निर्माण गरिरहेका छन् । धारा बनाउन खर्च बढी लाग्ने भएकाले युवा स्वस्फूर्त व्यक्तिगत रुपमा रकम उठाएर धारा बनाउन थालेका स्थानीय रुपेश बुढाले बताए ।


Advertisment
Nabil box
Kumari

‘‘पानी पिउने धारा बनाउनका लागि कसलाई गुहार्नु, बाढी आएदेखि यहाँका नागरिकले राम्ररी पानी पिएका छैनन्’’, बुढाले भन्नुभयो, ‘‘उच्च धारा भए यहाँका नागरिकलाई बाढीको समयमा राहत हुन्छ । पानी त शुद्ध पिउन पाउनुप¥यो भनी धारा निर्माणमा जुटेका हौँ ।’’

Vianet communication
Laxmi Bank

युवाले वडा नंं ३ मा तीन वटा धारा बनाउने योजना बनाएका छन् । डल्फिन क्षेत्रको नयाँ बस्तीमा एउटा र अर्को सबैलाई पायक पर्ने गरी हुलाकी सडक किनारमा बनाउने गरी काम थालेका छन् ।  ५५ फिटको धारा बनाउने भएकाले लागत अपुग हुने उनीहरु बताउँछन् । ‘‘अग्लो र पक्की बनाउनुपर्ने भएकाले एउटै धारा निर्माणमा करिब रु ५० हजार खर्च हुन्छ’’, बुढा भन्नुहुन्छ, ‘‘केही रकम आफैँ उठाइरहेका छौँ, केही सहयोगीसँग मागेर बनाउने योजना छ ।’’

धाराको उपयोगिता र संरक्षणको लागि युवासँगै समुदाय धेरै जिम्मेवार हुने भएकाले धारा संरक्षणको जिम्मा समुदायलाई दिइने उनीहरु बताउँछन् । ‘‘यहाँ विगतमा विभिन्न सङ्घसंस्थाले पनि उच्च धारा बनाएका छन्’’, स्थानीय धनकला साउदले भन्नुभयो, ‘‘धारा बनाएर प्रयोगविहीन अवस्थामा रहेकाले उच्च धाराको दीर्घकालीन सदुपयोग रहने गरी संरक्षण र रेखदेख महत्वपूर्ण छ । समुदायलाई रेखदेखको जिम्मा दिए संरक्षण हुन्छ ।’’

कैलालीको भजनीमा गत साउन १४ गते आएको बाढीले हजारौँ परिवार प्रभावित भएका छन् । बाढीका कारण एक हजार ६७१ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये केही घर फर्किसकेका छन् । अझै करिब ३०० परिवार घर फर्कने वातावरण नभएपछि सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् । भजनीका बाढी पीडितलाई छाक टार्नै मुश्किल भएको छ । ‘‘घर फर्केर बस्ने अवस्था छैन, जङ्गलमा पानी र शौचालयको समस्या छ’’, बाढी पीडित रुपा विकले भनिन्, ‘‘तीन बालबालिकासहित जङ्गलमा पालमुनी बसेकी छु । श्रीमान् भारतमा रोजगारी गुमाएर बसेका छन् । यहाँ पेट भर्न अन्नसमेत छैन ।’’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x