तपाईँको प्लेट साँझ ६ बजेपछि धेरै भरिन थाल्छ? स्वास्थ्यका लागि खतरनाक

के तपाईँ साँझ ढलेपछि स्वादिष्ट र धेरै खाना खान मन पराउनु हुन्छ?

त्यसो भए तपाई पनि ती मान्छेजस्तै हुनुहुन्छ, जो जो आफ्नो दिनभरको क्यालोरीको ४० प्रतिशत रातिको खानामा लिन्छन्।


Advertisement

राति आरामले बसेर खाना खान पाइने भएकाले यस्तो गरेको तपाईँको दाबी होला। तर, राति धेरै खाना खानु स्‍वास्‍थ्‍यका लागि राम्रो होइन।​

आयरल्यान्डस्थित उल्स्टर विश्वविद्यालयको अध्ययन अनुसार धेरैजसो वयस्क दिनभरमा ग्रहण गर्ने मध्ये ४० प्रतिशत क्यालोरी रातको खानाबाट हासिल गर्छन्। यसबाट मोटापन, डायबिटीज र मुटुरोगको शिकार हुने खतरा बढ्छ।


Advertisement

उनीहरूको डाइटमा उच्च क्यालोरीयुक्त खाद्य सामग्री पनि अधिक मात्रामा हुन्छ। यसकारण मोटोपनबाट हुने समस्या पनि बढ्छन्। ब्लड शुगर, कोलेस्ट्रल र रक्तचापको स्तर अनियन्त्रित हुन्छ।

मुख्य शोधकर्ता ज्यूडिथ बेयर्डका अनुसार दिन ढलेपछि पाचन प्रणाली  धिमा हुन थाल्छ। 

शोधकर्ताका अनुसार बिहान हेभी खाजा र दिउँसो रातमा हल्का डाइट लिनु फाइदाजनक हुन्छ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्