×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा ९ हजार युवालाई स्वरोजगार बनाउने योजना तर काम खोज्न भारततिरै लर्काे

भदौ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये ९ हजार जनालाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको छ ।

Muktinath Bank

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले कृषि क्षेत्रमा केही गर्न चाहने तथा कृषिमै सम्भावना देखेका व्यक्तिलाई राहत प्रदान गर्ने कार्यक्रम ल्याएको बताइन् । जसको लागि प्रदेशको ९ वटै जिल्लाका ८८ वटै स्थानीय तहबाट इच्छापत्र हाल्न आह्वान गरिन् ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई इच्छापत्र पेश गर्न समेत सूचना जारी गरेको छ ।

Vianet communication
Laxmi Bank

मन्त्रालयले असोज ६ गतेभित्र जिल्लास्थित कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा इच्छापेश गर्न अपिल गरेको छ । कार्यक्रम अन्तर्गत छोटो अवधिमा आयआर्जन हुने र रोजगारी सिर्जना हुने आशा लिइएको छ ।

मन्त्री चौधरीले भनिन्, ‘अहिलको परिस्थितिमा विदेशबाट फर्केका, स्वदेशमै पनि रोजगारी गुमाएका तथा बेरोजगार भएकालाई छोटो अवधिमा स्वरोजगार बनाउन सकिन्छ भने त्यो कृषि क्षेत्रबाट मात्रै हो । हामीसँग विभिन्न कार्यक्रमहरू छन् । कोरोना प्रभावितलाई कुनै न कुनै कार्यक्रममार्फत अनुदान प्रदान गरेर ९ हजार जनालाई स्वरोजगार तथा रोजगारी दिने कार्यक्रम ल्याएका छौं ।’

स्वरोजगारको कार्यक्रमसँगै बीमाको कार्यक्रम अगाडि बढाउने मन्त्रालयको तयारी छ । विभिन्न समयमा कृषि व्यवसायमा हुने क्षति न्यूनीकरण गर्न तथा लगानी सुरक्षित गर्न कृषि व्यवसायलाई बीमासँग जोड्ने कार्यक्रम ल्याएको मन्त्री चौधरीले बताइन् ।

मन्त्रालयले हालै जारी सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरा/हाँस अन्य मासुजन्य पन्छीपालन, नर्सरी तथा पुष्प व्यवसाय र अन्य गरी १० थरि कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई कार्यक्रम प्रदान गरिने जनाइएको छ । 

कार्यक्रमको लागि मात्रै १५ करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनायो । पशुपन्छी तथा कृषि एकीकृत कार्यक्रमको लागि मात्रै १६ करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

रोजगारीका लागि पुनः भारततिरै

कोरोनाको महामारी फैलिएपछि गत चैत्र महिनायता झण्डै डेढ लाख नेपाली गौरीफन्टा नाका भएर सुदूरपश्चिम प्रदेश गरेका थिए । तर भारतमा दैनिक हजारौं जना कोरोनाको संक्रमित थपिरहेको बेला भारतबाट फर्केका नेपालीहरू पुनः दिनका दिन फर्किन थालेका छन् । लामो लकडाउन तथा स्वदेशमा रोजगारीको कुनै आधार नभएपछि उनीहरू धमाधम पुनः भारत फर्किरहेका हुन् ।

भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झण्डै ३ गुणा बढी रहेको पाइएको छ । कञ्चनपुरको डोकेबजार प्रहरी चौकीको तथ्यांक अनुसार भदौ १३ गतेपछि १ हप्तामा भारतबाट ६२८ जना नेपाल फर्किएका छन् । भारत पस्नेको संख्या भने त्यहीँ अवधिमा १ हजार ५५२ जना रहेको छ ।

डोकेबजार चौकीका प्रहरी नायब निरीक्षक भूपाल थापाले भने, ‘अहिले नेपाल आउनेभन्दा भारत पस्नेको संख्या बढी छ । नेपालमा रोजगारी नै पाइएन भन्छन् । कोरोनाको डर पनि लाग्दैन भन्छन् ।’

कैलालीको त्रिनगर नाका भएर दैनिक २५० जना भारत जान थालेका छन् । भारतीय पक्षले उनीहरूको आधार कार्ड भए जान दिने गरेको छ । आधार कार्ड नभएकाहरू पनि आफ्ना ‘मालिक’ नाकामै आउन थालेपछि भारत पस्न सजिलो भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x