×

NMB BANK
NIC ASIA

यतिबेला पितृपक्ष चलिरहेको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यही भदौ १७ गतेबाट शुरु भएको यो पक्ष आगामी असोज एक गते समापन हुँदैछ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जसलाई श्राद्ध भनिन्छ । नित्य श्राद्ध, नैमित्तिक श्राद्ध, दैवी श्राद्ध, काम्य श्राद्ध, पुष्टि श्राद्ध, वृद्धि श्राद्ध, एकोद्दिष्ट श्राद्ध, पार्वण श्राद्ध, गोष्ठि श्राद्ध, सपिण्डी श्राद्ध आदि श्राद्धका अनेक भेद छन् । यिनमध्ये यस पक्षमा गरिने श्राद्धलाई पार्वण भनिन्छ । पर्वमा गरिने श्राद्ध भएकाले पार्वण श्राद्ध भनिएको हो । एउटा मात्र पितृको उद्देश्यले गरिने श्राद्ध एकोद्दिष्ट श्राद्ध हो । पार्वण श्राद्ध धेरै पितृहरूको उद्देश्य लिएर गरिन्छ । त्यसैले यस श्राद्धलाई महालय श्राद्ध भन्ने गरिएको पनि पाइन्छ । 

Muktinath Bank

कोरोना भाइरस महामारीका कारण यस वर्षका महालय श्राद्ध त्यति सहज हुन सकेनन् । धेरैले अनलाइनबाटै काम चलाए, कतिले अनलाइनको श्राद्ध आधिकारिक होइनन् भने,  कतिले आधिकारिक नभए पनि नगर्नुभन्दा गर्नु उत्तम भने, गरे । धेरै किसिमका मत आएकाले के गर्ने भन्ने ठम्याउनै सकिएन भन्नेहरू पनि भेटिए । लामो समयदेखि धर्म, संस्कार र सांस्कृतिक क्षेत्रमा कलम चलाउँदै आएको भएर हो वा मानको खातिर मान हो केही दिन अघि पंक्तिकारप्रति एक पितृभक्त सज्जनबाट नामै किटेर आग्रह आएको थियो । उहाँको आग्रह थियो– ‘लोकान्तर डटकममा श्राद्धबारे आधिकारिक लेख आइदिए यसका म जस्ता नियमित पाठक धेरैको जिज्ञासा शान्त हुने थियो । उहाँ र उहाँ जस्तै अन्य धेरै सहृदयीहरूका जिज्ञासा समन हेतु यस आलेखमा श्राद्धसम्मबन्धी केही शास्त्रीय अवधारणा प्रस्तुत गर्ने प्रयास गरेको छु । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वस्तुतः श्राद्ध भनेको श्रद्धा हो । पितृहरूको नाममा श्रद्धापूर्वक जुन चीज दिइन्छ त्यही नै श्राद्ध हो । त्यसैले सर्वप्रथम यही भन्न सकिन्छ कि श्रद्धा भए जहिले दिए पनि हुन्छ, जसरी दिए पनि हुन्छ । विश्वासको कुरा हो, श्रद्धापूर्वक दिएका चीज अवश्यमेव पितृहरूले लिने छन्, पाउने छन् । श्रद्धा भएन वा छैन भने जहिले, जसरी दिए पनि उनीहरूले ग्रहण गर्ने छैनन्, ग्रहण गर्न सक्ने छैनन् । मिल्छ र सम्भव हुन्छ भने यस्तो अवस्थामा अनलाइनबाटै गर्नु सर्वाधिक उत्तम हुन्छ । यो एउटा नयाँ प्रविधि र प्रयोग हो, स्वागत गर्नुपर्छ । नयाँ प्रविधिको प्रयोग भयो भन्दैमा आधिकारिक भएन कि भन्ने चिन्ता गर्नु पर्दैन । आधिकारिक र  ननआधिकारिक भन्न हुँदैन, मिल्दैन । समयको मागै यही हो भने कसको के लाग्छ । श्राद्ध मात्र होइन न्वारन, पास्नी, विवाह, ब्रतबन्ध जस्ता अन्य संस्कार समेत अनलाइन प्रविधिबाट सञ्चालन गर्नुपर्ने अवस्था आइसकेको छ । 


Advertisment
Nabil box
Kumari
हो, श्राद्धपद्धतिमा ब्राह्मणको कुरा आएको छ तर ब्राह्मण भन्नाले के बिर्सन हुन्न भने सत्पात्र वा आधिकारिक पात्र भन्न खोजिएको हो । आखिर सत्पात्र वा आधिकारिक पात्र त्यही हुन्छ जसले दिइएको चीज पचाउन सक्छ अर्थात् सदुपयोग गर्न सक्छ । भोको मानिस वा पशुपक्षीलाई खुवाएर तृप्त पार्नु भनेको त्यस्तो सत्पात्रलाई तृप्त पार्नु हो, जसको प्रतिफल कुनै पनि सत्पात्र ब्राह्मणको हातमा दिइएको भन्दा कम हुने छैन । 

यद्यपि श्राद्धपद्धतिमा श्राद्धकर्ता ब्राह्मण हस्तेन तिलकं कुर्यात् भनिएको छ । अर्थात् पद्धतिमा श्राद्धकर्तालाई ब्राह्मणको हातले तिलक लगाउनुपर्ने प्रावधान छ । अनलाइन श्राद्धमा यो कसरी सम्भव हुन्छ ? भन्ने प्रश्न उठ्न सक्छ, उठिसकेको छ । केही हदसम्म यसलाई अस्वाभाविक भन्न मिल्दैन पनि तर के बिर्सन हुन्न भने ब्राह्मणको हातबाट तिलक लगाउन पाइएन भन्दैमा श्राद्ध नै रोक्नु राम्रो होइन, हुँदैन, मिल्दैन । मुख्य कुरो कर्म हो, संस्कार हो । कर्मसंस्कार रोक्नु हुँदैन, अन्यथा प्रत्यवाय लाग्छ । अर्को कुरा तिलक लगाउन ब्राह्मण नै चाहिन्छ भन्ने पनि छैन । मिल्छ सम्भव हुन्छ भने ठीकै छ पद्धतिमा लेखिएको छ, त्यसै गर्ने हो । होइन भने ज्वाइँ, भानिज, कुटुम्ब आदिका हातबाट लगाए पनि हुन्छ । त्यो पनि सम्भव नभए कन्या केटीकै हातबाटै टीका लगाएर पनि काम चलाउन सकिन्छ ।  

Vianet communication
Laxmi Bank

अनलाइन श्राद्ध गर्न मन लागेन वा सम्भव भएन भने पनि केही केही छैन । अन्य धेरै विकल्प भेटिन्छन् धर्मशास्त्रमा । प्रायः पार्वण श्राद्ध बाबुको तिथिमा गर्ने परम्परा छ । त्यसमा सम्भव नभए बाजेको तिथिमा गर्न सकिन्छ । त्यसमा पनि सम्भव नभएमा औंसीमा गर्ने परम्परा छ । त्यसमा पनि सम्भव भएन भने गाइतिहारे औंसीमा र त्यो पनि नभए मङ्सिर लाग्ने सङ्क्रान्तिका दिनमा पनि गर्न सकिन्छ । धर्मसिन्धुले अश्विनशुक्ल पञ्चमी तिथिलाई पनि लिएको छ । यस तिथिलाई उसले महालय गौण काल भनेको छ । अव आयो उल्लिखित कुनै पनि समयमा सम्भव भएन भने के गर्ने भन्ने प्रश्न । यसको पनि उत्तर सहज छ, यस्तो अवस्थामा पनि अन्य विकल्प खोजी गर्नुपर्छ किनकि धर्मशास्त्रले संस्कार लोप गर्ने अधिकार दिएको छैन । 

कुनै उपाय नलागे पितृहरूका नाम गोत्र उच्चारण गरी तिलाञ्जलि दिने, सूर्य नमस्कार गर्ने, सूर्यार्घ दिने, दिक्पालहरूलाई नमन, पूजन र अभिवादन गर्ने, गाईलाई घाँस खुवाउने, अन्य पशुपक्षीलाई आहार खुवाउने, दुखी, दरिद्री, अनाथ, असहाय आदिलाई खुवाएर तृप्त पार्ने आदि क्रियाद्वारा पनि श्राद्धीय नियम धान्न सकिन्छ । हिजो आज गोष्ठि श्राद्धको समेत चलन छ । यतिबेला यथासम्भव बन्धुबान्धव जम्मा भई दिवङ्गत पितृहरूको फोटो राखेर दियो, कलश, गणेशको पूजा गरी उनीहरूका विशेषता र योगदान आदिको चर्चा गर्दै सम्मान गर्ने गरिन्छ । यहाँ श्राद्धका परम्परागत विधि केही पनि अप्नाइएको हुँदैन तर श्रद्धापूर्वक पितृहरूको गुणगान गर्दै सम्झना गरिने भएकाले यसलाई पनि श्राद्धकै एउटा अङ्ग मानिएको छ । (प्रा.डा. बद्रिविशाल पोखरेल गोरखापत्र भदौ २० शनिवार, २०७७)ं 

हो, श्राद्धपद्धतिमा ब्राह्मणको कुरा आएको छ तर ब्राह्मण भन्नाले के बिर्सन हुन्न भने सत्पात्र वा आधिकारिक पात्र भन्न खोजिएको हो । आखिर सत्पात्र वा आधिकारिक पात्र त्यही हुन्छ जसले दिइएको चीज पचाउन सक्छ अर्थात् सदुपयोग गर्न सक्छ । भोको मानिस वा पशुपक्षीलाई खुवाएर तृप्त पार्नु भनेको त्यस्तो सत्पात्रलाई तृप्त पार्नु हो, जसको प्रतिफल कुनै पनि सत्पात्र ब्राह्मणको हातमा दिइएको भन्दा कम हुने छैन । 

त्यसैले श्राद्ध गर्न पाइएन भनेर कसैले पनि चिन्ता गर्नु पर्दैन । अवस्था अनुसार उल्लिखित कुनै पनि विधि र प्रक्रिया अपनाएर श्राद्ध गर्न सकिन्छ । मुख्य कुरो श्राद्ध रोक्नु हुँदैन । बाँकी रह्यो विधि र प्रक्रियाको कुरा, श्रद्धापूर्वक गर्नुपर्छ जहाँ जसरी सम्भव हुन्छ त्यसैगरी गर्न सकिन्छ ।     

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x