केराको कुल्फी बनाउने विधि थाहा पाउनुहोस्

कोरोनाकाे डरका कारण घरैमा बसिरहन बाध्य हुनुभएको बेलामा स्वादिष्ट परिकार बनाउँदा समय पनि कट्ने अनि मुखको स्वाद पनि फेरिने अवसर प्राप्त हुन्छ । 

यहाँ हामी केराको कुल्फी बनाउने विधि सिकाउँछौं ।


Advertisement

सामग्री
दूध दुई कप
कन्डेन्स्ड मिल्क (गुलियो) एक कप
केरा दुईवटा (काटेको)
क्रीम आधा कप
अलैंचीको धूलो एक सानो चम्चा
केसर अलिकति 
चिनी आधा चम्चा

विधि
सबभन्दा पहिले मिक्सरमा दूध, कन्डेन्स्ड मिल्क, केरा, चिनी र केसर राखेर पातलो पेस्ट बनाउनुस् । 


Advertisement

त्यसमा क्रीम, अलैंचीको धूलो र केसर मिसाएर ग्राइन्ड गर्नुस् । 

तयार भएको मिश्रणलाई कुल्फीको साँचोमा राखेर माथिबाट आल्मोनियमको फोइलले छोप्नुस् । 

अब यसलाई फ्रीजमा केही घन्टासम्म सेट हुनका लागि राख्नुस् । 
 

कुल्फी तयार भएपछि फ्रीजबाट निकालेर थाल वा कचौरामा राख्नुस् । अरूलाई खुवाएर आफू पनि खानुस् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्