२६ जेठ २०८३, मंगलबार

कोभिड-१९ः बंगलादेशमा झन्डै ७० प्रतिशत संक्रमणमुक्त, मृत्यु दर १.३८

भदौ २३, २०७७
कोभिड-१९ः बंगलादेशमा झन्डै ७० प्रतिशत संक्रमणमुक्त, मृत्यु दर १.३८
फाइल फोटो

बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितमध्ये ६९.१९ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले  जनाएको छ।

निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.३८ प्रतिशतको मृत्यु भएको छ। 

बङ्गलादेशमा विगत २४ घण्टामा सङ्क्रमित पुष्टि भएका कोभिड–१९ विरामीको सङ्ख्या एक हजार ८९२ रहेका छ भने ३६ जनाको मृत्यु भएको छ। यहाँ मंगलबारसम्म सङ्क्रमितको सङ्ख्या तीन लाख २९ हजार २५१ पुगेका छ भने चार हजार ५५२ जनाको मृत्यु भइसकेको छ। 

बङ्गलादेशमा कोरोनाभाइरस सङ्क्रमण भई निको भएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई लाख २७ हजार ८०९ रहेको छ भने तीन हजार २३६ जना मंगलबारमात्रै निको भई घर फर्किएका छन्।

बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित भएको दिन जुलाई २ हो। उक्त दिन चार हजार १९ जना एकै दिन सङ्क्रमित भएका थिए। त्यस्तै जुन ३० मा कोरोना भाइरसका कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु रेकर्ड भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्