×

NMB BANK
NIC ASIA

हिन्द महासागरमा रहेको मलक्का जल सन्धि किन हो चीनको टाउको दुखाइ ?

भदौ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीन अहिले विभिन्न देशसँगको विवादमा अल्झिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यसरी विवादमा रहँदा उसलाई हिन्द महासागरमा रहेको मलक्का जलसन्धिको चिन्ताले सताउने गरेको छ । चीनको अधिकांश कारोबार यही जलमार्गबाट हुने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको ८० प्रतिशत तेल आपूर्ति यही मलक्का जलसन्धि मार्ग भएर हुने गरेको छ । यसमा बाधाअवरोध आयो भने चीनका जहाजहरूले निकै लामो बाटो जानुपर्ने हुन्छ र त्यसबाट हुने आर्थिक बोझ सहन गाह्रो पर्छ । 


Advertisment
Nabil box
Kumari

एक हप्ता मात्र पनि मलक्का जलसन्धिको बाटो बन्द भयो भने चीनको समुद्री यातायातको लाग ६.४० करोड डलरसम्म बढ्नेछ । यो बन्द भएर लामो बाटो जानुपरेमा चीनलाई वार्षिक ८४ अर्बदेखि २०० अर्ब डलरसम्मको घाटा लाग्ने अनुमान छ । 

Vianet communication
Laxmi Bank

चीनले वर्षौंदेखि सामुद्रिक यातायातका लागि नयाँ बाटो खोजिरहेको छ । थाइल्यान्डबाट नयाँ समुद्री व्यापारिक मार्ग बनाउने कोशिश उसले गरिरहेको छ । महत्त्वाकांषी बेल्ट रोड इनिसिएटिभ अन्तर्गत उसले थाइल्यान्डसँग जोडिने क्रा इस्थमस नहर बनाउन खोजेको छ । तर थाइल्यान्डले यस परियोजनालाई अघि बढाउन नमानेर स्थल सडक बनाउन जोड दिन खोजेको छ । 
 

मलक्का जलसन्धि साँघुरो समुद्री मार्ग हो र यो लगभग ८०० किलोमिटर लामो छ । यो सिंगापुर, मलेसिया र इन्डोनेसियाको बीचमा छ । यो संसारको सबभन्दा भीडभाड हुने व्यापारिक समुद्री मार्गमा पर्छ । 

यहाँबाट प्रत्येक वर्ष ७५ हजार जहाज जाने गरेका छन् । हिन्द महासागरमा रहेको अन्डमान समुद्रलाई यसले दक्षिण चीन सागरसँग जोड्छ । 
 

यसप्रतिको निर्भरता घटाउनका लागि नै चीनले पाकिस्तानको ग्वादरमा बन्दरगाह निर्माणमा जोड दिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x