×

NMB BANK
NIC ASIA

नामार्जुङ मादीको १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो

भदौ २५, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर
Premier Steels
Marvel

कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ।

Sagarmatha Cement
Muktinath Bank

मादीको वडा नं २ साविक नार्माजुङ गाविसमा हिमालयन हाइड्रोपावर लिमिटेडद्धारा प्रवद्र्धित ‘नामार्जुङ जलविद्युत आयोजना’ निर्माण सम्पन्न भएर आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नदीको पानी एक हजार २५० मिटर लामो ‘ओपन क्यानल’मार्फत ६४ मिटर उचाइबाट आयोजनाको विद्युत गृहमा खसालेर विद्युत उत्पादन गरिएको हो।


Advertisment
Nabil box
Kumari

उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत चार किमी तलको अपरमादी जलविद्युत आयोजनाको १३२ केभीमा जडान गरी त्यसमार्फत १२ किमी टाढाको नेपाल विद्युत प्राधिकरणको लेखनाथ स्थित सवस्टेशनमा जडान गरिएको आयोजनाका बोर्ड अफ डाइरेक्डर शिवकृष्ण श्रेष्ठले जानकारी दिए।

Vianet communication
Laxmi Bank

आयोजना गत चैत पहिलो साता नै सम्पन्न भएको थियो। ‘आयोजना सम्पन्न भएर तीन दिनअघि राष्ट्रिय प्रशारणमा जडान गरेका छौँ,अबको १५ दिन परीक्षणकाल रहनेछ,’ उनले भने। चिनियाँ थ्री गर्जेज कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनमार्फत आयोजनाबाट उत्पादित विद्युत लेखनाथ पठाउनुपर्ने भएकाले चिनियाँ प्राविधिक आउन ढिलाइ भएको बताइन्छ।

निर्देशक श्रेष्ठले आयोजना जडानमा पाँच महिना ढिलाई हुँदा कम्पनीलाई १५ करोड हाराहारीमा घाटा भएको बताए। ग्लोबल आइएमइ बैकको नेतृत्वमा विभिन्न वित्तीय संस्थाको एक अर्व ४७ करोड तथा लगानीकर्ता, शेयर निष्कासन तथा स्थानीयवासीको  ९० करोड गरी दुई अर्व २७ करोडमा आयोजना निर्माण गरिएको आयोजनाका लगानीकर्ता रुद्र कुइकेलले बताए। 

आयोजनामा ६९९ जनाले ६७ करोड ५० लाख लगानी गरेका छन्। त्यसैगरी सर्वसाधारणशेयर १३ करोड ५० लाख तथा आयोजना प्रभावित मादी गाउँपालिकाका जनताका लागि नौ करोड शेयर निष्काशन गरिने आयोजनाले जनाएको छ।

आयोजना निर्माणका लागि विसं २०६७ मै लाइसेन्स प्राप्त गरेपनि त्यसपछि विसं २०६९ मा मादीको सिल्दजुरेमा गएको ठूलो पहिराका कारणले मादी नदी थुनिदा आयोजनाको पुर्नःसर्वेक्षण गर्नुपरेकाले काम शुरु गर्न ढिलाई भएको बताइन्छ ।

सो आयोजनाको माथि ४४ मेगावाटको सुपरमादी जलविद्युत आयोजना निर्माण भइरहेको छ भने त्यसभन्दा तल २५ मेगावाट क्षमताको अपर मादी विसं २०७३ मङ्सिरमा सम्पन्न भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x