×

NMB BANK
NIC ASIA

बेरोजगार युवालाई निर्ब्याजी ऋण, प्रत्येक छात्राको खातामा वार्षिक चार हजार

भदौ २५, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर
Premier Steels
Marvel

कोभिड-१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। 

Muktinath Bank

बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गराउने उद्देश्यले नगरपालिकाले बेरोजगार युवालाई निर्ब्याजी तीन लाख ऋण प्रवाह गर्न नगरपालिकाको सातौ नगरसभाले पारित गरेको ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ बिहीबारदेखि कार्यान्वनमा ल्याइएको हो।
    
नगरप्रमुख सोमप्रसाद मिश्रले भने, 'नगरपालिकाले पर्यटन र कृषिलाई आधार बनाएर स्थानीय युवा र कोरोनाका कारण विदेशबाट फर्किएका बेरोजगार युवालाई स्वरोजगार बनाउने उदेश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएका हाै‌ं, स्थानीय तहमा यो नेपालमा नै पहिलो कार्यक्रम हो, नगरपालिकाले शून्य प्रतिशत ब्याजमा ऋण प्रवाह गर्दै स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने र उद्यमको क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसवर्ष ९०० युवालाई निर्ब्याजी ऋण प्रवाह गरेर उद्यमशील बनाउने र बैंकमा तिर्नुपर्ने ब्याज नगरपालिकाले तिरिदिने भएको छ। प्रमुख मिश्रका अनुसार तत्कालका लागि तीन करोड बैंकमा जम्मा गरेर उक्त कार्यक्रमबाट युवाले लिएको ऋणको ब्याज नगरपालिकाले व्यहोर्ने र युवालाई बैंकले बिना धितो ऋण दिने व्यवस्था गरेको छ। ऋण लिनेले आगामी पाँच वर्षभित्र ऋण तिरिसक्नु पर्नेछ। मासिक पाँच हजारका दरले किस्ता तिरे पनि पाँच वर्षमा ऋण चुक्ता गर्न सकिने गरी व्यवस्थापन गरिएको छ। 


Advertisment
Nabil box
Kumari

यो कार्यक्रमले हालै कोरोना भाइरसका कारण रोजगारी गुमाएर फर्केका युवाले स्थानीयस्तरमा उद्यमी बनेर काम गर्नसक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए। यसका लागि नगरपालिकाले छुट्टाछुट्टै कार्यविधि नै बनाई पारित गरेर कार्यान्वयनमा ल्याएको उनले बताए। 

Vianet communication
Laxmi Bank

नगर उपप्रमुख विना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालको रोहबरमा नगरप्रमुख मिश्र र नेपाल बैँक लिमिटेडका सिइओे कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेको नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए। सम्झौता अनुसार छनोटमा परेकालाई बैंकले ऋण दिने र त्यस ऋणबापतको ब्याज नगरपालिकाले तिरिदिने उनको भनाइ छ। 

‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ र ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ दुवै कार्यक्रम कार्यान्वयनका लागि नगरपालिका र बैँकबीच सम्झौता भएको न्यौपानेले जानकारी दिए। नगरपालिकाले ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ। चाँगुनारायणका सबै सामुदायिक विद्यालयमा अध्ययनरत स्थानीय छात्राको शिक्षा र सुरक्षित भविष्य निर्माणमा टेवा पु-याउँदै बालविवाहलाई निरुत्साहित गर्ने उदेश्यले यो कार्यक्रम लागू गरेको नगरप्रमुख मिश्रको भनाइ छ। 
    
यसका लागि नेपाल बैँक लिमिटेडले कक्षा १ देखि अध्ययन गरेका छात्राको व्यक्तिगत खाता खोलिदिने भएको छ। छात्रालाई बैंकले निःशुल्क खाता खोलेर १०० खातामा जम्मा गरिदिने छ। नगर प्रमुख मिश्रले भने, 'नगरपालिकाले प्रत्येक वर्ष एक छात्राको खातामा रू चार हजार जम्मा गरिदिने छ। यसरी खातामा जम्मा भएको रकम छात्राले सामुदायिक विद्यालयबाट माध्यमिक तह अर्थात् कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै झिक्न पाउने छन्। यो कार्यक्रमले नगरक्षेत्रमा बालविवाह गर्ने र स्कुल छाड्ने छात्राको सङ्ख्यामा कमी ल्याउने विश्वास लिएका छाँै, यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण थप बढाउने आशा राखेका छौँ।'
    
नगरप्रमुख मिश्रका अनुसार यो कार्यक्रमले छात्राले कम्तीमा कक्षा १२ सम्म पढ्नेछन्, २० वर्ष अगाडि उनीहरुको विवाह हुने छैन। कक्षा १२ पछि छात्राले उच्च शिक्षा अध्ययन गर्न रकम नपुगे यहीँ रकमले उच्च शिक्षा अध्ययन गर्न सक्नेछन् । अध्ययनका लागि यो रकम प्रयोग नभए सानोतिनो व्यवसाय सञ्चालन गर्न सहयोग पुग्छ भन्ने अपेक्षा गरिएको छ । यसवर्ष यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत १२ सय छात्राको नाममा खाता सञ्चालन गरी रकम जम्मा गर्न शुरु गरिने छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले छात्राको खातामा जम्मा भएको ब्याज सहितको रकम उनीहरु २० वर्ष नपुगेसम्म झिक्न भने नपाउने व्यवस्था गरिएको बताए। कक्षा १२ भन्दाअघि स्कुल छाडेमा र २० वर्ष अगाडि विवाह गरेमा यो रकम छात्राले पाउने छैनन् । त्ससो गरे नगरपालिकामा रकम फर्कने छ।

एसईईपछि कक्षा ११ र १२ अध्ययनमा आर्थिक समस्या परेमा भने २० वर्ष अगाडि विवाह नगर्ने शर्तमा रकम झिक्न पाइनेछ । -रमेश गिरी/रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x