×

NMB BANK
NIC ASIA

विवादको उत्कर्षदेखि समाधानको बिन्दूसम्म

फूटको 'क्लाइमेक्स'मा पुगेको नेकपा जुटसम्म आइपुग्दाका दृश्यहरू

भदौ २६, २०७७

NTC
Sarbottam
तस्वीर - प्रधानमन्त्रीको सचिवालय
Premier Steels
Marvel

असार १० गतेबाट शुरू भएको नेकपाको पाचौं स्थायी कमिटी बैठक बडो सकसका साथ शुक्रवार सम्पन्न भएको छ । २ महिना १६ दिनसम्म चलेको नेकपाको बैठक नेपालको राजनीतिक इतिहासमा सम्भवतः सबैभन्दा लामो समयसम्म चलेको बैठकका रूपमा दर्ज भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बैठक शुरू भएदेखि नै विवादरहित हुन सकेन । ७ वटा एजेण्डामा छलफल गर्ने उद्देश्यले डाकिएको बैठकमा छापामार शैलीमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा घुसाइएको थियो । यद्यपी स्थायी कमिटी सदस्यहरूले सरकार भ्रष्टाचारमा लिप्त भएको, पार्टी घोषणापत्रअनुसार काम नगरेको, अध्यादेश ल्याएर आफ्नै र अरूको पार्टी फुटाउन खोजेको आरोप लगाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार १४ गते मदन जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा जारी गरेकाले भारत लगायत नेकपाकै केही नेताले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएपछि नेकपाभित्र ओलीको राजीनामाको माग झन् दह्रो गरी उठेको थियो ।


Advertisment
Nabil box
Kumari

त्यसपछि स्थायी कमिटी बैठक पटक-पटक स्थगनको शिकार बनिरह्यो । अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको सहयोगमा ओलीविरोधी मोर्चाको नेतृत्व गरे भने ओलीले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिए ।

Vianet communication
Laxmi Bank

दुई अध्यक्षबीच पटक-पटक भएको वान-टू-वान वार्ता, साक्षीहरूसमेतलाई राखेर गरिएका भेटवार्ताका क्रममा पनि सहमति जुट्ने कुनै संकेत देखिएको थिएन । पार्टीकै नेताहरूले नेकपा दुर्घटनाउन्मुख रहेको भन्दै एकता बचाउन विभिन्न तहमा गठबन्धन गरेका थिए ।  

साउन १३ गते अध्यक्ष ओलीले स्थायी कमिटी बैठक रोक्ने तर अर्का अध्यक्ष प्रचण्डले बैठक राख्नेसम्मको स्थिति देखा परेको थियो । त्यसपछि स्थायी कमिटी बैठक छोडेर नेताहरू पार्टीलाई फुट्नबाट जोगाउने अभ्यास गर्न थाले ।

नेकपाको पछिल्लो विवादको जड गतसालको फागुन १४ मा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णयलाई ओलीले चुनौती दिएपछि शुरू भएको थियो । गत भदौ १८ गते बसेको सचिवालय बैठकमा राष्ट्रिय सभामा गौतमलाई नै लैजाने भन्दै ओली आफ्नो पूर्ववत अडानबाट पछि हटेका थिए ।

साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा विवाद समाधान कार्यदल बनेपछि पार्टी एकता अक्षुण रहने आशा पलाएको थियो । कार्यदलले भदौ ६ गते प्रतिवेदन बुझायो । प्रतिवेदनका आधारमा अध्यक्षद्वयले आजको स्थायी कमिटी बैठकको १५ बुँदे कार्यसूची तयार गरेका थिए । त्यही कार्यसूचीमा केन्द्रित रहेको बसेको बैठकले आज केही महत्त्वपूर्ण निर्णयसमेत गर्यो ।

पार्टी एकता तोड्ने प्रतिक्रियावादी शक्तिको प्रयास असफल - ओली

बैठकको शुरुमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीलाई कमजोर बनाएर तोडफोड गर्ने देशीविदेशी प्रतिक्रियावादी शक्तिको प्रयास असफल भएको बताए । स्थायी कमिटी बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको ओलीले बताए ।

ओलीले बैठकले नयाँ उचाइको एकता प्रदान गरेको बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

‘प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बैठकको प्रारम्भमा सम्बोधन गर्दै यो बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको छ, नयाँ उचाइको एकता र संकल्पसहित सकारात्मक ढंगले निकाश निकाल्ने विश्वास छ भन्नुभयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘देशीविदेशी प्रतिक्रियावादी शक्तिले पार्टीलाई कमजोर बनाउन र तोडफोड गर्न जो चाहाना राखेका थिए, त्यो असफल बनाउन बैठक सफल भएको छ । बैठक सम्पन्न हुनु नै सटिक जवाफ हो ।’

वैचारिक रुपान्तरण अघि बढाउने बाटो खुला - प्रचण्ड

अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउँदै वैचारिक रुपान्तरण अगाडि बढाउन स्थायी कमिटीको बैठक सफल भएको बताएका छन् । बैठकमा आफ्नो धारणा राख्दै प्रचण्डले एकताको उद्देश्य पूरा गर्न बैठक सफल भएको बताएका हुन् । 

‘पार्टीलाई दुर्घटनाबाट बचाउँदै, पार्टी एकताको रक्षा गरेर पार्टीलाई वैचारिक रूपमा रुपान्तरण गर्नेगरी बैठकले आधार प्रदान गरेको छ, ढोका खोलेको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘बैठकमा भएका उतारचढावबाट शिक्षा लिँदै र पार्टी एकताको उद्देश्य पूरा गर्नेगरी महाधिवेशनमा बहसको प्रक्रियालाई उन्नत बनाएर सफल बनाउनेतर्फ जुटौँ ।’

अध्यक्षद्वयको कार्यविभाजनमा स्पष्टता

अध्यक्षद्वय ओली र प्रचण्डको कार्यविभाजनमा लामो समयदेखि देखिएको अस्पष्टता आजको स्थायी कमिटी बैठकले हल गरेको छ ।

ओली प्रचण्डको कार्यविभाजन स्थायी कमिटी बैठकबाट अनुमोदन गराएको छ प्रवक्ता श्रेष्ठले जानकारी दिए । कार्यविभाजन अनुसार प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्नेछन् भने प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी गतिविधि सञ्चालन गर्नेछन् ।

‘कार्यविभाजनको हकमा प्रधानमन्त्री ओलीले सरकार केन्द्रित भएर काम अगाडि बढाउने, प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने सहमति भएको छ,’ श्रेष्ठले भने, ‘सरकार पार्टीको मार्गनिर्देशनमा सञ्चालन गर्नुपर्ने, राष्ट्रिय महत्त्वका निर्णयको हकमा सचिवालयको परामर्श तथा दुई अध्यक्षको परामर्शको आधारमा गर्ने निर्णय भएको छ ।’ 

प्रचण्डलाई कार्यकारी अधिकार दिनेगरी गत वर्षको मंसिर ४ गते भएको सहमतिलाई स्थायी कमिटी बैठकले अनुमोदन गर्दै कार्यान्वयनमा लगेको छ । पार्टी विवाद हल गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले मंसिर ४ को निर्णयको व्याख्या गर्दै प्रचण्डलाई कार्यकारी अधिकार दिन प्रस्ताव गरेको थियो । 

सरकारले ल्याउने नयाँ कानूनको विधेयकको सैद्धान्तिक पक्षका बारेमा केन्द्रीय कमिटी, स्थायी कमिटी या सचिवालयमा छलफल गरेर अगाडि बढ्ने सहमति भएको प्रवक्ता श्रेष्ठले बताए ।

एमसीसीबारे ठोस निर्णय  

बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी पनि परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ ।

नेकपाले विवादमा परेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले परिमार्जन र संशोधनसहित एमसीसी पारित गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । 

एमसीसीबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनालको समितिले दिएको सुझावका आधारमा एमसीसीका कतिपय बुँदामा संशोधन र परिमार्जन गरिने श्रेष्ठले बताए ।

‘एमसीसीको हकमा यसलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय भएको छ । के संशोधन र परिमार्जन गर्ने भन्नेबारेमा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई पार्टीमा छलफल गरी निश्कर्ष निकालेर अगाडि बढाउने सहमति भएको छ’ श्रेष्ठले भने । यसअघि एमसीसी अनुमोदनबारे नेकपामा विवाद थियो ।

महाधिवेशनको सुनिश्चितता

आज बसेको बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । गत माघ १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेको निर्णयअनुसार आगामी बैठक चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय निर्णय गरेको हो ।

महाधिवेशनसम्बन्धी तयारी गर्न आगामी कात्तिक १५ देखि १७ सम्म काठमाडौँमै केन्द्रीय कमिटी बैठक आयोजना गरिनेछ ।

माधव नेपालको 'सफ्ट' असन्तुष्टि

बैठकमा आफ्नो भनाइ राख्दै वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षले सहमति गर्दैमा पार्टीका समस्या हल नहुने बताएका थिए ।

एक स्थायी कमिटी सदस्यका अनुसार नेता नेपालले पार्टीलाई विधिसम्मत चलाउनुपर्ने बारे आफूले उठाउँदै आएको अडान नत्याग्ने बताए । नेता नेपालले यसअघि बसेको सचिवालय बैठकमा १५ वटा बुँदामा आफ्नो असहमति पेश गरेका थिए ।

'पार्टीभित्रको समस्यालाई समाधान नगरी थप नयाँ समस्या सिर्जना गर्ने, बेवास्ता गर्ने, पन्छाउने र असहमतिका धारणा राख्नेमाथि शत्रुवत व्यवहार गरिने गरेको छ, यसको समाधान के हो ?' नेपालले आफ्ना कुरा यसरी राखेका थिए ।

यद्यपि उनले आजको बैठकमा नोट अफ डिसेन्ट भने लेखेका छैनन् । 'अब पार्टी संचालन कसरी हुन्छ ? विभिन्न समयमा भएका लिखित र मौखिक सहमति कसरी कार्यान्वयन हुन्छ त्यो हेरेर अघि बढ्छौं,' नेता नेपालको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई भने ।

शुरू भएको केहीबेरमै ओली बाहिरिएका थिए

स्थायी अमिती बैठक शुरू भएको २० मिनेटमै ओली बैठकस्थलबाट बाहिरिएका थिए । उनले आफ्ना कुराहरू राखेर अर्का अध्यक्ष प्रचण्डलाई 'हेर्नुहोला' भन्दै बाहिरिएका हुन् ।

बैठकस्थलबाट ओली बाहिरिएपछि आज पनि केही विवाद भएको हुनसक्ने बालुवाटारबाहिर रहेका सञ्चारकर्मीहरूले लख काटेका थिए । बैठक चलिरहेकै बेलामा एक स्थायी कमिटी सदस्यले अध्यक्ष ओली सहमतिमै बाहिरिएको भन्दै लोकान्तरलाई म्यासेज गरे ।

बैठकको शुरूमा संक्षिप्त सम्बोधनपछि पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बैठक सञ्चालनको जिम्मा लगाएर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका थिए । ओली बाहिरिएपछि बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x