×

NMB BANK
NIC ASIA

बोन्साईको अतीत र तस्वीरहरू

भदौ २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • विरही काइँला

संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटन डीसीमा हेर्नैपर्ने उत्कृष्ट र व्यस्त ठाउँहरू धेरै छन् ।

Muktinath Bank

राजधानीको क्यापिटल भवनदेखि लगभग २ माइल उत्तरपूर्वी भागमा अवस्थित ४४६ एकडको रमणीय वनस्पति बगैंचा ‘अमेरिकी राष्ट्रिय अरबोरेटम’ पनि एक हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अरबोरेटमभित्र उत्तर अमेरिकाको सबैभन्दा बृहत् ‘बोन्साई र पेन्जिङ संग्रह’को घर छ ।


Advertisment
Nabil box
Kumari

 राष्ट्रिय बोन्साई र पेन्जिङ संग्रहालयको प्रवेशस्थलसंग्रहालयको अभियानलाई अगाडि बढाउन मद्दतको लागि सन् १९८२ मा ‘नेसनल बोन्साई फाउन्डेसन स्थापना भयो । यसको शुरूआत जापानका ५३ वटा बोन्साईहरूको उपहारबाट भएको थियो ।

Vianet communication
Laxmi Bank

जापान फाउन्डेसनको आर्थिक सहयोगमा ‘निप्पन बोन्साई एशोसिएशन’ले चयन गरेका बोन्साईहरू सन् १९७५ को शुरूमा अमेरिका ल्याई मेरिल्यान्ड राज्यको ग्लेन डेलको क्वारेन्टीनमा राखियो ।

जापान बोन्साई संग्रहको समर्पण समारोह  

यो उपहार जापानका जनताले संयुक्त राज्य अमेरिकाका जनतालाई राष्ट्रको २०० औं जन्मदिनको सम्मानमा दिएका थिए । जसलाई सन् १९७६ जुलाई १९ को दिन संयुक्त राज्य अमेरिकाको विदेश सचिव हेनरी किसिन्जरले ग्रहण गरे ।

त्यसपछि वासिङटन डीसीस्थित ‘पोटोम्याक बोन्साई एशोसिएशन’का स्वयं सेवकहरूले यूएस नेसनल अरबोरेटमका कर्मचारीसँग बोन्साईहरूको प्रदर्शन अवस्थामा राख्नका लागि काम गरे ।

परमाणु बम विस्फोटनमा बचेको जापानी सेतो पाइनको बोन्साई
बोन्साईहरूमा जापानी बोन्साई मास्टर मसारू यामाकीले अमेरिकी जनतालाई दान गरेका आफ्नो बहुमूल्य जापानी सेतो पाइनको बोन्साई पनि थियो । यो बोन्साईको अतीत सन् २००१ सम्म राष्ट्रिय बोन्साई र पेन्जिङ संग्रहालयका कर्मचारीको लागि अज्ञात थियो । जब मसारू यामाकीका नातिदय शिगेरू यामाकी र अकिरा यामाकीले संग्रहालय भ्रमण गरेर बताए कि परिवारले धेरै पुस्तादेखि ‘हिरोशिमा वाणिज्य बोन्साई नर्सरी’ चलाइरहेको छ । 

दोस्रो विश्वयुद्धको समय जापानको हिरोशिमामाथि ६ अगस्त १९४५, बिहान ८.१५ मा ‘इनोला गे’ नामक परमाणु बम खसालियो । लगभग १५ हजार टन विस्फोटक पदार्थको शक्तिशाली बमले लगभग २० हजार सैनिक साथै ७०–८० हजार नागरिक मारिए । हिरोशिमा शहरको १३ वर्ग किलोमिटर क्षेत्र ध्वस्त भए ।

परमाणु बमले ध्वस्त हिरोशिमा शहर                 

आश्चर्यजनक कुरा के छ भने मसारू यामाकी र उनका परिवार बम विस्फोटबाट केवल २ माइल टाढा घरभित्र थिए । बमले घरलाई क्षति पुर्‍यायो । नर्सरीका झ्याल ढोका चकनाचुर भएर हावामा उडे । यामाकी अनि उनका परिवार र जापानी सेतो पाइनको बोन्साई चमत्कारी ढंगले बाँचे । बम विस्फोटबाट बचेकाहरूलाई ‘हिबाकुशा’ भनिन्छ ।  

हिरोशिमामा परमाणु बम खसालेका अमेरिकी बी–२९ विमान र चालक दल

बोन्साईको डिस्प्ले कार्ड अनुसार यो जापानी सेतो पाइनको बोन्साइ सन् १६२५ देखि प्रशिक्षणमा रहेको छ । मसारू यामाकीले दान दिएको संग्रहालयको सबैभन्दा पुरानो बोन्साई हो । यसलाई हिरोशिमा उत्तरजीवी भनेर चिनिन्छ । जापानी सेतो पाइन धेरैले मन पराउँछन् । किनकि यो दुर्लभ छ । यसको जापानी नाम ‘मियाजीमा’ अनि वैज्ञानिक नाम ‘पिनस परविफ्लोर’ हो ।

जापानी शब्द बोन्साईको अर्थ ‘भाँडामा रूख’ वा ‘भाँडा रोपण’ बुजिन्छ । यद्यपि बागवानीको अभ्यासको उत्पत्ति  चीनबाट भएको हो ।

गोशिन चिनियाँ जुनिपर, उत्तर अमेरिकी संग्रह

इस्वी संवत ७०० तिर चिनियाँहरूले विशेष प्रविधि प्रयोग गरिरहेका थिए । जसलाई ‘पन–ससई’ अथवा ‘ट्रे रोपण’ भनिन्थ्यो । कन्टेनरभित्र साना रूखहरू हुर्काउने यस प्रकारको प्रविधि जापानमा ल्याएर बौद्ध धर्मको प्रसारको साथ यो लोकप्रिय भयो । 

ट्राइडेन्ट मेपल, चिनियाँ संग्रह
राष्ट्रिय बोन्साई र पेन्जिङ संग्रहालयमा जापानी संग्रह, चिनियाँ संग्रह र ढुंगा संग्रह गरेर मुख्य ३ संग्रहहरू छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २८, २०८०

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ को बादिकाको भीरमा अक्करे भीरमा निर्माण भएको सडकको ढलानसहित स्तरोन्नति भएपछि सहज रुपमा गुड्दै गरेका सवारी साधन । यस भीरमा सडकलाई ढलान, फराकिलो, नाली निर्माण र ग्र...

साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर मानवीय तथा भौतिक क्षति भएको जनगुनासो आएपछि सडक चौड...

कात्तिक २७, २०८०

तस्वीर : विश्वास खनाल/लोकान्तर​

मंसिर ६, २०८०

काठमाडौं उपत्यकामा बिहीवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेत्तृत्वमा प्रदर्शन हुँदैछ ।   राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आयोजना गरेको उक्त प्रदर्शनमा भाग लिन देशका व...

फागुन १५, २०८०

लघुवित्त पीडितहरूले सोमवार संसद् भवनभित्रै प्रवेश गरेपछि आज बिहानदेखि निषेधित क्षेत्रको फुटपाथमा डोरी र तारबार लगाइएको छ । निषेधित क्षेत्रको फुटपाथमा प्रहरीले डोरी र तारबार लगाएप...

मंसिर १६, २०८०

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको कुम्भर्कण हिमाल । तस्वीर : दिलकुमार लिम्बू/रासस

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x