मंसिर ४, २०८०
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
खालमा बसेर
खै के को दाउ हानिरहेछ
हिब्रू साइँलाले खालिल आसमानको गाउँमा ?
माउण्ट जिओनका भित्ताहरूमा
फक्रिएका यी फूलहरू
साँच्चै,
राता पप्पी फूलहरू हुन् कि
स्कुले नानीहरूको रगत पोखिएको ?
थाहा पायौ त,
मेरी अमिना आराफत !
यिद्धीओनीहरू नाच्न थालेपछि
कसरी शून्यमा झर्दोरहेछ – जीवनको मूल्य ?
ठीक यही बेला
अनुमतिपत्र धारी हेगका जुवाडेहरू
आँखामा पट्टी बाँधेर
युद्धको बाक्लो तुवाँलोभित्र
यो इतिहासको अँध्यारो जोखिरहेछन् !
र यो सिकारी विज्ञान
गाँजापट्टीका मोहम्मदहरूलाई
आफै अवुअमिन र आफै घोउल हुँदै
बाँडिरहेछ – डाइनामाइडका ललीपपहरू !
माटोको आलो रगतलाई
रेफ्रिजेरेटरका चेम्बरहरूमा जमाएर
यो क्याकटसको ओछ्यानमाथि
किन निदाइरहेछौ
यति ढुक्कले जिनाव नसिर ?
हेर त,
ह्वाइटहाउसका रैथाने बाजहरू
धावा बोलिरहेछन्
तिम्रा स्वाभिमानका धवलगिरिहरूमा !
यो पर्खाल पारिबाट
डिसेम्बर इभसँगै आएको बतासले
किन पखाल्दैछ
आज जीवनको आदिबाशी रङ ?
र यो मनको आकाशमा
श्याम–श्वोत इन्द्रेणीमात्र उदाइरहेछ !
कमिजजस्तै हाट्टा लाएर
दन्तेकथाको बेनाम नायक
किन नआएको होला – यो बस्तीमा ?
धर्तीको यो अन्तिम किनारामा
मृतसागर डुबेपछि
टुट्दारहेछन् – डावके नृत्यका लयहरू !
ए महमौद डारविस !
थाहा छ तिमीलाई
यो जोर्डन नदीको पानीमा
यतिखेर आँसुको घनत्व कति छ ?
भन न,
ए तहरिर अलफारसी !
कहाँ हराउँछन्
नुन किन्न गएका आमाहरू ?
किन घर फर्किंदैनन्
टिफिन बोकेर स्कुल हिँडेका नानीहरू ?
कसरी गुमनाम भए
रिक्साले डोर्याइरहेका रिक्सावालहरू
र उभिरहेछ – रफाह सहर सुनसान सडकमाथि ?
ए फिरकात अल आसिक्वीन !
भन न,
कसले निभाइदियो – तिम्रो आगोको गीत ?
ए घामचरी !
भन न,
कसले सल्काइदियो – यो वनको मचानमा डढेलो ?
भन न,
ए जेइतुना सालम !
जतिसुकै यारघुल फुके पनि
किन बज्दैनन् – हाम्रा जीवनका धुनहरू ?
माफ गर्नुस् ! ओबामा महोदय !
यो धुवाँको रङ
र तिम्रो अनुहारको रङ
म किन ठ्याक्कै उस्तै देख्दैछु, आज !
म अब,
बन्टिङ चराझैँ गीत गाउँदै
तुमलेटमा पानी होइन
आलो रगत भरेर
यो बारुदको तिर्खा मेटाउन आउँदैछु !
सक्छौ भने,
आऊ र पड्काऊ !
मेरो छातीमा आणविक बम
मलाई जिन्दगीभन्दा यो भुइँ प्यारो छ !
******
(नोट :– यिद्धीओनी – बोक्सो वा शैतान, अवुअमिन – धामी, घोउल – बोक्सी, हाट्टा – राष्ट्रिय ड्रेस, डावके – राष्ट्रिय लोकनृत्य, यारघुल – बाँसुरीजस्तै बाजा, माउण्ट जिओन – राष्ट्रिय चिहानघारी)
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...