खुकुरी प्रहार गरी महिलाको हत्या

प्रतिकात्मक तस्वीर

उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा शनिवार बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ ।

सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । 


Advertisement

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीय ५० वर्षीया महिला डोरकुमारी राउतको खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरेका मगरले छिमेकी ५० वर्षीया महिलासँग विवाद भएपछि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । 


Advertisement

खुकुरी प्रहारबाट सख्त घाइते महिलाको उपचारका लागि कटारी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए । महिलालाई खुकुरी प्रहार गरेर जंगलतिर फरार भएका मगरलाई प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान शुरू गरेको जिप्रकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्