×

NMB BANK
NIC ASIA

कुखुराको जोडी चल्लालाई पाँच हजार !

भदौ २७, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन्। आठ कुखुरा र दुई चरा प्रजातिका। कुनै स्थानीय त कुनै आयातित। सबै गर्दा सङ्ख्या सात सय बढी छ। बागलुङ नगरपालिका–३ रातामाटास्थित फार्मका सञ्चालक बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जाततर्फ साकिनी, उल्टे, घाँटीखुइले र गुजुमुजे कुखुरा छन्। आयातित प्रजातिमा कडकनाथ, बेन्टम, सिल्की र पोलिस कुखुरा छन्।

Sagarmatha Cement
Muktinath Bank

यस्तै चरा प्रजातिका बट्टाइ र टर्की पनि पालिएको छ। कडकनाथ भारतीय, बेन्टम जापनीज र सिल्की चिनियाँ प्रजातिको कुखुरा भएको उनी बताउँछन्। ‘बेन्टम, सिल्की र पोलिस बढीजसो सौखका लागि पाल्ने चलन छ,’ उनले भने। सापकोटाकाले व्यावसायिक रुपमा चल्ला उत्पादन गरेर बेच्ने ध्येयले विदेशी प्रजातिका कुखुरा पालेका हुन्। फार्ममा चल्ला निकाल्ने ह्याचरी पनि छ। ‘मासुका लागि भन्दापनि चल्ला बेच्ने उद्देश्य हो,’ उनले भने, ‘काठमाडौँ, पोखरालगायतका ठाउँमा यी कुखुराको बढी माग छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिनादिन पुगेका पोलिस र सिल्की कुखुराको जोडीलाई  पाँच हजार पर्ने उनको भनाइ छ। यस्तै दुई महिनाका जापनीज बेन्टम कुखुराको जोडीलाई चार हजार पर्छ। ‘यी कुखुराको चल्ला नै एकदम महँगो छ, हेर्दा पनि आकर्षक हुने हुनाले सौखिन व्यक्तिले घरमा लगेर पाल्छन्,’ उनले भने।स्थानीय जातका कुखुरासँगै कडकनाथ, बट्टाइ र टर्की भने मासुका लागिसमेत फार्मबाट बिक्री भइरहेको छ। भारतीय जातको कडकनाथ प्रतिकिलो  दुई हजारसम्म बेचेको सापकोटाले सुनाए। कडकनाथको अण्डासमेत महँगोमा बिक्री हुन्छ। यो कुखुरा स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय बट्टाइ पनि मासु र अण्डाका लागि व्यावसायिक रुपमा पाल्न थालिएको छ। यसको मासु र अण्डालाई शक्तिबद्र्धक मानिन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने विश्वास गरिन्छ। ‘बट्टाइ तीन सय, चल्ला ५० र अण्डा १० मा बिक्री भइरहेको छ,’ सापकोटाले भने, ‘एक दिने टर्कीको चल्लालाई भने तीन सय ५० पर्न जान्छ, मासुका लागि बेच्दा पनि महँगो छ।’ बट्टाइ पाँच हप्तापछि मासुका लागि प्रयोग गर्न योग्य हुन्छ। दुई वर्षसम्म बाँच्ने बट्टाइले झण्डै तीन सयसम्म अण्डा दिने गर्छ। त्यसपछि भने पोथी बट्टाइलाई पनि मासुका रुपमा बेच्न सकिने उनले बताए। उनले शुरुमा काठमाडौँ र पोखराबाट चल्ला ल्याएर पन्छी पालन लागेका हुन्।

Vianet communication
Laxmi Bank

स्थानीय साकिनी जातको कुखुरापालनबाट छोटो अवधिमा सफलता मिलेपछि नयाँनयाँ जातका कुखुरा र पक्षीपालनमा रुची जागेको व्यवसायि सापकोटाले उल्लेख गरे। उनले फाइटर जातको कुखुरा पनि छिट्टै ल्याउन लागेको सुनाए। आफ्नै लगानीमा ह्याचरी सञ्चालनमा ल्याएपछि व्यवसाय थप विस्तार भएको उनको भनाइ छ। यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर चल्ला ल्याउनुपर्ने उनको बाध्यता थियो। ह्याचरीमा १०५६ अण्डा राख्न मिल्छ। २१ दिनमा ह्याचरीबाट चल्ला निस्कन्छ। शुल्क तिरेर अरु कुखुरापालक किसानले पनि ह्याचरीमा चल्ला उत्पादन गर्न थालेका छन्। ह्याचरीमा तीन लाख लगानी भएको उनले बताए।

त्यसअघि कुखुराको खोर निर्माणमा भेटेरिनरी अस्पताल तथा पुश विज्ञ सेवा केन्द्रले दुई लाख ३६ हजार अनुदान दिएको थियो। व्यवसाय प्रवद्र्धनमा सापकोटालाई छोरा निशानको दरिलो साथ छ। व्यवस्थापकीय कामदेखि अण्डा र चल्लाको बजारीकरणमा उनी बुबासँगै खट्छन्। पोखरा, काठमाडौँ, रसुवालगायतका ठाउँबाट स्थानीय जातका चल्लाको माग आउने गरेको निशानले बताए। पछिल्लो समय स्थानीय जातका कुखुरापालनतर्फ किसानको आकर्षण बढेको छ। ती कुखुराको मासु, अण्डा स्वादिष्ट र स्वस्थकर हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ।

स्थानीय जातको ज्यूँदो कुखुरा प्रतिकिलो आठ सय, अण्डा १५ र एक साताको चल्ला एक सय २५ मा बिक्री हुन्छ। स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच÷६ महिनापछि मात्र बेच्न योग्य हुन्छ। उन्नत जातका कुखुरालाई नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने सापकोटाको भनाइ छ। कुखुरापालनबाट मासिक ५० हजारसम्म मुनाफा निकाल्न सापकोटा सफल भए। लगानी बढाएर कुखुरापालन व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने उनको योजना छ। कुखुरापालनसँगै सापकोटाले तीन रोपनी क्षेत्रफलमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका छ्न।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x