२७ जेठ २०८३, बुधबार

सीपीएल लगत्तै आईपीएल खेल्दै सन्दीप, यूएईतर्फ प्रस्थान

सीपीएल लगत्तै आईपीएल खेल्दै सन्दीप, यूएईतर्फ प्रस्थान
फाइल फोटो

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लागेका छन्। उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर शनिबार यूएई उडेका हुन्।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन्। यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ।

सन्दीपले  लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन्। आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ। सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ। उनलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो। 
 

salt training

कमेन्ट गर्नुहोस्