×

NMB BANK
NIC ASIA

राष्ट्रपतिसँग उद्योग परिसंघले भन्यो : कोरोनासँग बच्दै उद्योगधन्दा चलाऔं

भदौ २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग परिसंघले कोरोना भाइरससँग जोगिँदै उद्योग व्यवसाय तथा बजारहरु सञ्चालन गर्न राष्ट्रपति भण्डारीसँग माग गरेको छ ।

Muktinath Bank

शनिवार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीसँग छलफल गर्दै परिसंघका पदाधिकारीहरूले उद्योग सञ्चालन गर्न माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति भण्डारीसँगको छलफल विशेषगरी विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरूमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरूले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित भएको परिसंघले विज्ञप्तिमार्फत जनाएको छ । 


Advertisment
Nabil box
Kumari

 परिसंघका अध्यक्ष सतिश कुमार मोरको नेतृत्वमा गएको टोलीमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरू अनुज अग्रवाल र निर्वाणा चौधरी पनि सहभागी रहेका थिए ।

Vianet communication
Laxmi Bank

विज्ञप्तिमा भनिएको छ, परिसंघका पधाधिकारीहरुले राष्ट्रपति समक्ष कोभिडको महामारीबाट जोगिनको लागि लकडाउन वा निषेधाज्ञाजस्ता व्यवस्थाहरु अवलम्बन गरी संक्रमण रोकथामको प्रयास गर्नु भन्दा कर्मचारीहरु र कामदारको मनोवल उच्च बनाई सुरक्षा उपायहरु अवलम्बन गरी कोभिडको साथमा नै उद्योग व्यवसाय तथा बजारहरु सञ्चालन गर्नुपर्ने माग राष्ट्रपति समक्ष राखेको थियो ।

त्यसैगरी छलफलमा उद्योग प्रतिष्ठानहरुले राजश्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैं सहयोग गर्दै आइरहेको र यस अघि पनि उल्लेख्य राजश्व दाखिला भएको जानकारी गराउँदै वर्तमान अवस्थामा सृजना भएको असहज परिस्थितिलाई मध्यनजर गरी तोकिएको समयावधी भन्दा एक महिना बढीको समय थप गर्ने व्यवस्थाको लागि समेत अनुरोध गरेको थियो । यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा राजश्व दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीहरुलाई सहज हुने धारणा परिसंघको रहेको थियो । 

छलफलमा उद्योग व्यवसायहरु पूर्ण सञ्चालनको माग गर्दै परिसंघका पदाधिकारीहरुले उद्योगमा कार्यरत कर्मचारी र मजदुरहरुलाई सरकारले तोकेका सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्न लगाउने र कोभिडको संक्रमणबाट जोगाउनको लागि उद्योगी व्यवसायहरु प्रतिवद्ध रहेको जानकारी गराउनु भएको थियो ।

परिसंघले यस्तो विषम परिस्थितिमा उद्योगमा कार्यरत कर्मचारी र कामदारहरुको हौसला बढाई काममा लगाउनु पर्ने धारणा राख्दै यदि उद्योगहरुमा कार्यरत कर्मचारी वा कामदारमा सक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पिसिआर टेष्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्थाको लागि राष्ट्रपति समक्ष अनुरोध गरेको छ ।

कोभिडको महामारीबाट पर्यटन क्षेत्रपनि नराम्ररी प्रभावित भएको परिसंघका पदाधिकारीहरुले राष्ट्रपति समक्ष जानकारी गराएका थिए । पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नको लागि राष्ट्रपति समक्ष अनुरोध गरेको थियो । कुनै पनि पर्यटक नेपाल प्रवेश गर्दा हाल भएको चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने र तीन दिनको क्वारेन्टाइन पछि सम्बन्धित पर्यटकको पिसिआर टेष्ट गरी परिक्षण नेगेटिभ आएमा निर्वाधरुपमा घुमफिर गर्ने व्यवस्था मिलाउनु पर्ने सम्बन्धमा छलफल भएको थियो । यसबाट नराम्ररी प्रभावित पर्यटन क्षेत्रमा केही राहत महशुस भई पर्यटन क्षेत्रका गतिविधिहरु विस्तारै चलायमान हुने परिसंघको धारणा रहेको छ । 

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजीक्षेत्र कोभिडको महामारी पछि एकदमै गम्भिर परिस्थितिबाट गुज्रिरहेको राष्ट्रपति समक्ष जानकारी गराउँदै आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउनको लागि लकडाउन वा निषेधाज्ञा लगाउने कार्य बन्द गर्नु पर्ने धारणा परिसंघको रहेको थियो । यदि कुनै क्षेत्रमा सक्रमण फैलिएमा संक्रमितहरुको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्रमात्र लकडाउन गर्नु पर्ने जसबाट उद्योग व्यवसायहरुलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन राष्ट्रपति समक्ष अनुरोध गरेको थियो ।

संक्रमणलाई रोक्नका लागि सुविधा सम्पन्न उपचार केन्द्रहरुको स्थापना, राम्रो क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था गर्नु पर्ने धारणा परिसंघको थियो । यसको लागि निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरू तथा होटलहरुलाई आवद्ध गराई उपचार तथा क्वारेन्टाइन र आइसोलेसनका सेवाहरु निर्वाधरुपमा प्रदान गर्ने वातावरण बनाइदिएको लागि राष्ट्रपति समक्ष अनुरोध गरेको छ ।    

छलफलमा राष्ट्रपतिबाट उद्योगी व्यवसायीहरुको सुझावहरूलाई सकारात्मक रुपमा लिई त्यसको कार्यान्वयनमा पनि सहयोग गर्ने धारणा व्यक्त गरेको परिसंघले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x