एलजीको अपग्रेड 'टु हेल्दि लाईफ स्टाइल' अफर


एल.जी. नेपालले यसपालीको पर्वलाई लक्षित गरि अपग्रेड टु हेल्दि लाईफ स्टाईल अफर ल्याएको छ ।

स्वच्छ रहौं र एल.जी. सँग अझै धेरै बचत गरौं भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एल.जी.को कुनै पनि घरायसी सामानहरुको खरिदमा ४०% छुटका साथै आकर्षक उपहारहरु प्रदान गरेको छ । 


Advertisement

घरायसी सामानहरु खरिद गरी आफ्नो घरमा विशेष परिवर्तन ल्याउन चाहने ग्राहकहरुका लागि यो समय उत्कृष्ट अवसर हो । एल.जी.ले यस अफर अन्तर्गत ४०% सम्म क्यास ब्याक साथै घरेलु उपकरणहरु खरिद गर्दा अकर्षक उपहार प्रदान गरेको छ । 

घरेलु उपकरण अन्तर्गत साईड बाई साईड रेफ्रीजेरेटर खरिद गर्दा एल.जी.को माईक्रोवेभ वोभन, डबल डोर रेफ्रिजेरेटर खरिद गर्दा मिक्चर, ८ केजी सम्मको फ्रन्टलोड वासिङमेसिन खरिद गर्दा पिजनको गिफ्ट सेट, ९ केजी भन्दा माथि र वासर ड्रायर वासिङमेसिन खरिद गर्दा पिजनको इन्डक्सन कुकर, टपलोड वासिङ मेसिन खरिद गर्दा पिजनको आईरन, डिस वासर खरिद गर्दा पिजनको गिफ्ट सेट, एसी खरिदमा फ्रि जडान जस्ता उपहारहरु साथै अकर्षक छुट पनि प्रदान गरेको छ । 


Advertisement

साथ साथै टि.भी. म्युजिक सिस्टम, भ्याकुम क्ल्निर, सिङगल डोर रेफ्रिजेरेटर र एयर प्युरिफायरको खरिदमा ४०% सम्म क्यास ब्याक पनि प्रदान गरेको छ । 

यो अफर भदौ २८ गते देखि सिमित अवधिका लागि नेपाल अधिराज्यभरि लागू हुनेछ । 

एल.जी.को आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्