×

NMB BANK
NIC ASIA

ठेकेदारको लापरवाहीले ८ सय क्वीन्टल चामल धनगढीमै थन्कियो, दार्चुलामा बढ्यो महँगी

भदौ २८, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गत आर्थिक वर्षका लागि अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी डिपो र व्यासको सुनसेरा डिपोका लागि माग गरिएबमोजिम खाद्यान्न ढुवानी हुन नसक्दा अहिले जिल्लामा खाद्यान्न महंँगो हुँदै गएको छ। व्यास र अपि हिमाल जोड्ने सडक अवरुद्ध भएसँगै गाउँमा खाद्यान्नको मूल्य महंँगो भएको हो।

Muktinath Bank

गत वर्ष सुनसेरा डिपोका लागि एक हजार ६ सय ३० क्वीन्टल खाद्यान्न ढुवानी भएको थियो। गाउँपालिकाबाट थप आठ सय क्वीन्टल खाद्यान्न माग गरिएको भए पनि ठेकेदारले समयमै ढुवानी गर्न नसक्दा खाद्य संस्थानको धनगढी डिपोमै थन्किएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै अपिहिमाल गाउँपालिकाले गत वर्ष दुई हजार ५९९ क्वीन्टल खाद्यान्न ढुवानी गरेको थियो भने थप गरिएको एक हजार क्वीन्टल खाद्यान्न ठेकेदारले ढुवानी गर्न नसकेको नेपाल खाद्य संस्थान धनगढी प्रमुख अनिल श्रेष्ठले बताए। ‘कोरोना भाइसरका कारण स्थानीय तहले खाद्य संस्थानकै चामल ल्याएर राहत बाँड्दा खाद्यान्न बढी ढुवानी भएको देखिन्छ,’ उनले भने, ‘तर माग गरेअनुसारको खाद्यान्न समयमै उठ्न नसक्दा गोदाममै थन्कियो।’


Advertisment
Nabil box
Kumari

यस्तै गत वर्ष व्यास–१ छांगरु बिक्री केन्द्रमा दुई सय क्वीन्टल खाद्यान्न ढुवानी भएको थियो। निर्धारण गरिएको कोटा भन्दा खाद्यान्न माग गरिएपछि खरिद गरिएको धान कुटाउँदै पहाड पठाइएको उनले बताए।

Vianet communication
Laxmi Bank

यो वर्ष पनि दार्चुलाका दुई डिपो र दुई बिक्री केन्द्रका लागि बोलपत्र स्वीकृत भइसकेको छ। आशय पत्र खोल्ने बित्तिकै ठेकेदारसँग सम्झौता गरेर हिमाली जिल्लामा खाद्यान्न पठाउने तयारी गरिएको खाद्य संस्थान प्रमुख श्रेष्ठले जानकारी दिए।

यो वर्ष अपि हिमालको खण्डेश्वरी डिपोका लागि दुई हजार क्वीन्टल र व्यासको सुनसेरा डिपोका लागि एक हजार क्वीन्टल चामल ढुवानीका लागि बोलपत्र आह्वान गरिएको छ। नयाँ थप गरिएको छांगरु बिक्री केन्द्रका लागि पाँच सय क्वीन्टल र व्यासकै वडा नम्बर २ राप्ला बिक्री केन्द्रका लागि पाँच सय क्वीन्टल खाद्यान्नका लागि पहिलो चरणमा बोलपत्र आह्वान गरिएको छ।

जिल्लाका ग्रामीण क्षेत्रमा भने यो वर्ष सडक बन्द हुनु र कोभिडका कारण नियमित यातायात सूचारु नहुँदा खाद्यान्नको मूल्य आकाशिएको छ। अहिले गाउँमा स्थानीयवासीले खाद्यान्नको मूल्य छोइ नसक्नुभएको व्यासका दानसिह कार्कीले बताए।  व्यास–५ की धाना कुँवर गाउँमा बजारबाट आउने चामल निकै महंँगो भएको बताउँछन्।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x