×

NMB BANK
NIC ASIA

कोरोनाभाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले लगाएको ४ महिना लामो लकडाउन र ३ साताको निषेधाज्ञा पूर्ण रूपमा विफल भएको तथ्यांकले देखाएको छ ।

Muktinath Bank

निषेधाज्ञा तथा बन्दाबन्दीको समय लम्ब्याउँदा पनि कोरोना संक्रमणको दर बढ्ने क्रम रोकिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले विश्वमा कोभिड– १९ को संक्रमण बढ्दै जाँदा त्यसलाई नेपालमा पनि फैलिन सक्ने भन्दै नियन्त्रणका लागि २०७६ चैत १० गते निर्णय गरी ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) गर्‍यो । 


Advertisment
Nabil box
Kumari

अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरू पनि बन्द गर्‍यो । 

Vianet communication
Laxmi Bank

१२० दिन लामो बन्दाबन्दीमा भारत रोजगारीका लागि गएका र तेस्रो मुलुकमा रोजगारी तथा अध्ययनका लागि नेपालीहरू नेपाल फर्किए, त्यो बेलासम्म नेपालमा कोरोना भाइरसको संक्रमण आयातितमा सीमित थियो ।

विस्तारै कोरोना संक्रमण बढ्दै गयो । लामो समयको बन्दाबन्दीले गर्दा जनजीवन कष्टकर त बन्यो नै अर्थतन्त्र समेत जोखिममा परेपछि सरकारले असार ७ गतेबाट शर्तसहित लकडाउनलाई अन्त्य गर्‍यो । तर पनि संक्रमणको दर

भने रोकिएन । त्यतिबेलासम्म तराई कतिपय जिल्लाहरू कोरोना संक्रमणको हटस्पट बनिसकेका थिए । पर्सा, सर्लाही, कपिलवस्तु लगायतका जिल्लामा व्यापक मात्रामा संक्रमित भेटिन थाले ।

त्यो बेलासम्म काठमाडौं उपत्यका संक्रमणको दर न्यून थियो ।

तर असार ७ गतेदेखि सरकारले लकडाउन खुकुलो बनाएपछि संक्रमणको दर ह्वात्तै बढ्यो । सरकारकै असावधानीले त्यतिका समय गरिएको लकडाउनको औचित्य नै सकिन पुग्यो । 

संक्रमण व्यापक बनेपछि भदौ ३ गतेबाट एक हप्ताका लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा गरे ।

निषेधाज्ञा गरेको पहिलो दिन अर्थात् भदौ ३ गते एकदिनमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना गरी १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भयो । 

तर पनि संक्रमणको दर बढ्ने क्रम भने रोकिएन । एक हप्तापछि अर्थात् भदौ १० गतेसम्म आइपुग्दा एक दिनमा काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी ३०१ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

भदौ १० मा फेरि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अर्को एक साताका लागि निषेधाज्ञा लागू गरे ।

तर पनि कोरोना संक्रमण दर घटेन झन बढ्दै गयो । उपत्यकाको तेस्रो किस्ताको निषेधाज्ञाको अन्त्य भदौ २४ गते भयो । उक्त दिन काठमाडौंमा ३९३, भक्तपुरमा ३६ र ललितपुरमा ३५ जना गरी ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको २ दिनपछि भदौ २६ गते काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना गरी उपत्यकामा ६९६ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

तथ्यांकलाई हेर्दा ३ साता लामो निषेधाज्ञाले कोरोना संक्रमणको चेनलाई तोड्न नसकेको देखिन्छ ।

जनतालाई घरभित्र थुन्ने तर, कन्ट्याक्ट ट्रेसिङ, परीक्षण पर्याप्त नगर्ने सरकारी कमजोरीका कारण निषेधाज्ञाले कोरोनाको चेन तोड्न नसकेको विज्ञहरू बताउँछन् ।

सरकारले त यो अवधिमा व्यापक परीक्षण गर्नुपर्ने थियो, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउनुपर्ने थियो, तर त्यसो हुन सकेन ।

अहिले विश्वका अधिकांश देशमा बन्दाबन्दी छैन । छिमेकी देश भारतमा पनि रेल सेवा समेत सुचारु भइसकेको छ । बरु पीसीआर टेष्टलाई व्यापक बढाइएको छ । यस्तै पछिल्लो समय स्मार्ट लकडाउन गरेर संक्रमण नियन्त्रणमा पाकिस्तानले सफलता हासिल गरेको छ ।

लकडाउन र निषेधाज्ञाले पनि कोरोना संक्रमण नियन्त्रण गर्न नसकेको परिप्रेक्षमा नेपालमा कोरोनो संक्रमण नियन्त्रणका लागि अबको विकल्प के त ? यस विषयमा हामीले केही विज्ञसँग कुराकानी गरेका छौं ।

लकडाउन होइन स्मार्ट लकडाउन : डा. समीरमणि दीक्षित

कोरोना नियन्त्रणका लागि लकडाउन वा निषेधाज्ञाको मोडल अब फेल भएको जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित बताउँछन् ।

डा. दीक्षितका अनुसार कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको अवस्थामा निषेधाज्ञा वा लकडाउन जस्ता मोडलले काम गर्दैनन् ।

प्रारम्भिक चरणमा केही प्रभावकारी देखिए पनि अहिले लकडाउनको मोडल फेल भएको डा. दीक्षितले लोकान्तरलाई बताए ।

अहिले अवस्थामा कोरोना समुदायमा फैलिसकेको अवस्थामा परीक्षणको दायरा बढाएर स्मार्ट लकडाउन अर्थात् जुन घरमा कोरोना भाइरसको संक्रमण देखिन्छ, त्यही घर मात्र सिल गर्नुपर्ने डा. दीक्षित बताउँछन् ।

‘अब हामीले देशभरका हरेक वडा–वडामा गएर परीक्षण गर्ने र संक्रमण देखिएको घर वा टोल मात्रै सिल गर्ने मोडल अपनाउनुपर्छ,’ डा. दीक्षितले भने, ‘अहिले पाकिस्तान लगायत विश्वका विकासशील देशले यसरी नै नियन्त्रण गरेका हुन् ।’

यसले गर्दा संक्रमण ठूलो समूहमा फैलिन नपाउने डा. दीक्षितको भनाइ छ ।

लकडाउनले संक्रमण रोकिँदैन : डा.सरोज वन्त  

बन्दाबन्दी (लकडाउन) अथवा निषेधाज्ञा मात्रै गरेर संक्रमणको धारलाई रोक्न नसकिने जनस्थ्यविज्ञ डा. सरोज वन्तले बताए  । 

‘लकडाउन र निषेधाज्ञाले कोरोना नियन्त्रण हुँदैन,’ डा वन्तले भने, ‘लकडाउन त संक्रमणको चक्रलाई रोक्ने एउटा पाटो मात्र हो । जबसम्म अन्य विधिहरू प्रभावकारी हुँदैनन्, तबसम्म लकडाउनको कुनै अर्थ हुँदैन ।’ 

डा. वन्तका अनुसार नेपालमा लकडाउन तथा निषेधाज्ञा प्रभावकारी नदेखिनुको कारण पीसीआर परीक्षणको दायरा नबढाइनु र कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नहुनु हो ।

‘नेपालमा लकडाउन कति हदसम्म प्रभावकारी हुन सक्यो ? यसको मूल्यांकन नै गरिएको छैन । अहिले पनि हामीलाई के छाप परेको छ भने लकडाउन नै कोरोना भाइरसको चक्र ब्रेक गर्ने उपाय हो तर त्यो होइन त्यस सँगसँगै अन्य उपायहरू पनि अपनाउनुपर्ने थियो, त्यसो गरिएन । अब यसको चक्र रोक्न अप्ठ्यारो छ,’ डा. वन्तले भने ।

अहिले पनि नेपालका कतिपय जिल्लामा संक्रमण दर न्यून छ भने कतिपयमा शून्य पनि छ । पहिले संक्रमणको दर उच्च देखिएका जिल्लामा अहिले संक्रमणको दर घटेको छ । ती जिल्लाहरूमा कसरी नियन्त्रणमा आयो ? त्यसलाई अध्ययन गरेर सरकारले अहिले हटस्पट मानिएका ठाउँहरूमा त्यसरी नै नियन्त्रणका उपाय अपनाउनुपर्ने डा. वन्तको सुझाव छ ।

अबको विकल्प लकडाउन नभएको उनको भनाइ छ ।

‘संक्रमित थपिँदै जाँदा फेरि बन्दाबन्दी (लकडाउन) अथवा निषेधाज्ञा नै गर्नुपर्छ भन्ने छैन,’ वन्तले लोकान्तरसँग भने, ‘अब त्यसले काम गर्न छाड्यो, अब सरकारले स्थानीय तहहरूलाई जिम्मा दिनुपर्छ र हटस्पट देखिएको ठाउँमा मात्रै सिल गर्नुपर्छ, अन्य नागरिकलाई सहज वातावरण बनाउनुपर्छ ।’

देशका मनाङ, मुस्ताङ, मुगु, हुम्ला र डोल्पा कोरोना भाइरसको संक्रमणबाट पूर्ण रूपले मुक्त छन् । काठमाडौं, ललितपुर, भक्तपुर, पर्सा लगायतका जिल्ला हटस्पटको रूपमा देखिएका छन् ।

सरकारले संक्रमणको दर उच्च भएका जिल्लामा व्यापक परीक्षण गर्ने र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी नबनाउने हो भने संक्रमण अझै फैलिने विज्ञहरूको चिन्ता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x