×

NMB BANK
NIC ASIA

कोरोना महामारीमा पनि जारी छ क्रिकेट रंगशालाको काम

भदौ २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जारी रहेको छ ।  कार्यरत मजदुरलाई रङ्गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो । गत चैत ९ गतेबाट रोकिएको काम गत वैशाख २० गतेबाट पुनः थालिएको थियो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस–सुन्तली फाउण्डेसनले रङ्गशाला निर्माण गरिरहेको छ । हाल रङ्गशालामा १ सय ५० मजदुरले काम गरिरहेका छन् । 

Muktinath Bank

निर्माणाधीन रङ्गशालाका निमित्त परियोजना व्यवस्थापक मणि दासका अनुसार रङ्गशाला  प्याराफिटका लागि पिल्लर उठाउने क्रम जारी छ । यसका लागि पिसिसी गर्ने काम लकडाउनअघि नै सकिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले पिल्लरको काम  भइरहेको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा ब्लकमा रहने प्याराफिटको ‘ए’ र ‘बि’ को काम भैरहेको छ । ती मध्ये “ए” प्याराफिटमा १ सय ५ वटा पिल्लर उठाएर ढलानको काम सम्पन्न भएको उनले जानकारी दिए । “ए” प्याराफिटमा १ सय १० वटा पिल्लर रहने छन् ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी “बी” प्याराफिटमा हुने १ सय १० पिल्लर मध्ये १९ वटाको जग हालिएको उनले जानकारी दिए । एक लाइनमा पाँचवटा पिल्लर रहनेछन् । प्याराफिटको पहिलो स्टेप डिपिसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने पाँचौ पिल्लर २१ मिटर उचाइको हुने छ ।  

Vianet communication
Laxmi Bank

दुई प्याराफिटमा १५/१५ जनाको हजार क्षमता हुने छ ।  मनसुन रोकिए लगत्तै भुइँको काम गर्ने तयारी गरिएको छ । मौषमका कारण पानी जमेकाले पिल्लर उठाउनका लागि खनिएका खाल्टाको पानी फाल्न दैनिक २० वटा पम्प प्रयोग गरिएको  छ । यस वर्ष धेरै पानी परेकाले काममा कठिनाइ परेको जनाइएको छ  । 

रङ्गशाला  निर्माणमा गत साउन मसान्त सम्म रु २३ करोड ७४ लाख ६४ हजार खर्च भइ सकेको छ । परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हाल सम्म रु १८ करोड ५३ लाख ४२ हजार मात्र सङ्कलन भएको छ । गत असार मसान्त सम्म रु ९९ लाख ६२ हजार बराबरको जिन्सी सामान सहयोग प्राप्त भएको थियो ।

काम भइरहेकाले रु ५ करोडभन्दा बढीको उधारोमा सामाग्री आएको उनले जानकारी दिए । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले निषेधाज्ञामा प्राविधिक र मजदुरहरु भित्रै राखेर काम भइरहेको जानकारी दिए ।

अहिलेको बिषम परिस्थितिका कारण थप सहयोग सङ्कलन केही घटेको जनाउँदै उनले यसअघि बोलकबोल गरिएका निजी र सरकारी निकायबाट रकम उपलव्ध भएमा समयमा काम सम्पन्न गर्न सकिने जानकारी दिए  । अगामी १८ महिना भित्र सम्पन्न गर्ने गरि रङ्गशाला निर्माणको काम भइरहेको छ ।  

निषेधाज्ञाका कारण निर्माण सामाग्री सहज नहुँदा र पानी परिरहेकाले कामले सोचेजति गति लिन सकिरहेको छैन । रङ्गशाला निर्माणका लागि स्थानीय  र प्रदेश सरकारले सहयोग गर्ने जनाएको भए पनि हाल सम्म रकम प्राप्त नभएको जनाइएको छ । सबै सकारात्मक भएकाले छिट्टै रकम आउने र कामले गति लिने उनको विश्वास छ ।

भरतपुर महानगरपालिकाका सक्रियतामा त्रिभूवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपभोग गरेको २२ विगाहा जग्गा दिलाएर रङ्गशाला निर्माण सुरु गरिएको हो । भरतपुर महानगरपालिका  १५ रामपुरमा विश्वविद्यालयले जग्गा दिए वापत महानगरपालिकाले विश्वविद्यालयलाई अन्य क्षेत्रमा जग्गा दिएको छ । 

महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनसँग सहकार्य गरेर भइरहेको रङ्गशाला निर्माणको कामलाई निरन्तरता दिन महानगर लागि परेको जानकारी दिइन् । महानगरले यस वर्ष ४ करोड र बागमती प्रदेशले  ३ करोड विनियोजन गरेको छ  । महानगरले गत वर्ष रकम बिनियोजन गरेको भए पनि प्राविधिक कारणले निकासा गर्न कठिन भएको थियो ।

राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा महानगरपालिकालाई चिनाउने यो यहाँको महत्वपूर्ण परियोजना भएको जनाउँदै उनले सबैको साथ र सहयोगको अपेक्षा गरे ।

फाउण्डेसनले नेपालमा क्रिकेट रङ्गशाला बनाउने बताएसँगै महानगरपालिकाले भरतपुरमा बनाउन अनुरोध गरेर जग्गाको व्यवस्था गरी अन्य सहयोग गरेको थियो ।

वि.सं. २०७५ असोज १९ गते भरतपुर महानगरपालिका, त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयका बीचमा जग्गाको बिषयमा त्रिपक्षीय सम्झौता गरी काम अघि बढेको हो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x