×

NMB BANK
NIC ASIA

कार्यकर्ता तानातानमा नेकपा र कांग्रेसबीच होडबाजी

भदौ ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो ।

Muktinath Bank

भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बतासेको बदला लिनेगरी बृहत् कार्यक्रम गर्यो । खार्मीमा आयोजित कार्यक्रममा कांग्रेसका ८६ कार्यकर्तालाई नेकपाले पार्टी प्रवेश गरायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा र कांग्रेसले बतासे र खार्मीमा आयोजना गरेको कार्यक्रमका तस्वीरहरु अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छाएका छन् । स्थानीय तहको निर्वाचनमा बतासेमा तत्कालीन नेकपा एमाले र खार्मीमा कांग्रेसका उम्मेदवारले जितेका थिए । बतासे र खार्मीको उदाहरण हेर्दा स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले हार व्यहोरेको बदला आगामी निर्वाचनमा जसरी पनि लिने गरी दुवै पार्टी कम्मर कसेर लागेको देखिन्छ । बतासे र खार्मीमा भएको होडबाजी एउटा उदाहरण मात्र हो ।


Advertisment
Nabil box
Kumari

कोरोना भाइरसको महामारीका बीचमा पनि नेकपा र कांग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा चुनावी शैलीमा पार्टीगत कार्यक्रम बिनासावधानीपूर्वक गरिरहेका छन् । एकातर्फ कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ, अर्कातर्फ राजनीतिक दलबीचमै जानाजान भीड जम्मा गरेर कार्यकर्ता तानातान गर्ने होडबाजी चलेको हो ।

Vianet communication
Laxmi Bank

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीयता जिल्लामा किराँत समुदायको साकेला, हिन्दूधर्मावलम्बीको देवाली, नेवार समुदायको लाखेलगायतका चाडपर्वलाई कम उपस्थितिमा मनाउन लगाइएको थियो । सङ्कटका बेलामा जनस्वास्थ्यको सुरक्षामा अगुवाइ गर्नुपर्ने राजनीतिक दलका नेता तथा कार्यकर्ता भने सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गर्न अग्रसर देखिएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा आफ्नो तथा नागरिकको स्वास्थ्यमा नेता नै असंवेदनशील देखिएका छन् । नेकपा र कांग्रेस मात्र नभई जनता समाजवादी पार्टीमा पनि ठूलो उपस्थितिमा पार्टीको कार्यक्रम गर्ने, विपक्षी दलका नेता तथा कार्यकर्ता तान्ने  र प्रचार गर्ने होडबाजी चलेको देखिन्छ । राजनीतिक दलका कार्यक्रममा न भौतिक दूरी कायम गरेको देखिन्छ, न त मास्ककै प्रयोग भएको देखिन्छ । राजनीतिक दलकै नेता तथा कार्यकर्ताले बिना सावधानी सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गरेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ताको चर्को आलोचना भइरहेको छ ।

सरकारले लागू गरेको बन्दाबन्दी खुलेपछि कोरोना भाइरसको सङ्क्रमण बढ्ने खतरा बढेको देखिएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले साउन १४ गते सार्वजनिक सूचना जारी गर्दै सजगता अपनाउन आग्रह गरेको थियो । न्यूनतम भौतिक दूरी कायम गर्न, मास्क लगाएर हिँड्न, अनावश्यक भीडभाड नगर्न, सेवा प्रदायक निकाय वा संस्थालाई स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न÷गराउन भनिए पनि बेवास्ता भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

पार्टीगत कार्यक्रममा मात्र नभई जिल्लामा हुने अधिकांश कार्यक्रममा हेलचेक्र्याइँ बढ्दो देखिएकाले सावधानी अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “कोरोना भाइरसको सङ्क्रमबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने यो बेला अधिकांश क्षेत्रमा हेलचेक्र्याइँ गरिएको पाइएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न खोपसमेत बनेको छैन । हामीसँग एउटै मात्र विकल्प सावधानी भएकाले हरेक ठाउँमा सावधानी अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।”

पछिल्लो समय जिल्लामा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न बेवास्ता गर्न थालिएको छ । न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न र अनिवार्य मास्क प्रयोग गर्न भनिए पनि सोको पालना हुनसकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x