बढ्यो सुनकाे मूल्य

नेपाली बजारमा मंगलवार सुनको मूल्यमा वृद्धि भएको छ ।

मंगलवार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Advertisement

सोमवार छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।


Advertisement

यसदिन चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमवार चाँदी प्रतितोला  १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्