×

NMB BANK
NIC ASIA

महामारीको भित्री पाटो

कोरोना संकटले गोजी रित्तिएपछि अपराध र आत्महत्याको बाटोतिर

भदौ ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भदौ २६ गते शुक्रवार भक्तपुरको थिमि नगरपालिका–६ निकोसेरामा एकै परिवारका ३ जना मृत फेला परे ।

Muktinath Bank

घरको छुट्टाछुट्टै तलामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय सुशान्त अधिकारीको शव फेला परेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तल्लो तलाको आ–आफ्नो कोठाको सुत्ने खाटामा सम्झना र सुशान्तको शव कुहिएको अवस्थामा फेला परेको थियो भने सुदीप माथिल्लो तलमा वान्ता गरेको अवस्थामा फेला परे ।


Advertisment
Nabil box
Kumari

घटनास्थलमा रगत र अन्य केही तरल पदार्थ सुकेको अवस्थामा भेटिएको छ । सानो बेलायती कुकुर पनि मरेको अवस्था देखिएकाले सुदीपले पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ ।

Vianet communication
Laxmi Bank

घरका सामानहरू यथास्थितिमा रहनु र अन्य कुनै पनि व्यक्तिको संलग्नता नदेखिएकाले सुदीपले पत्नी र छोराको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार सुदीपले कृषि विकास बैंकबाट २३ लाख ८५ हजार र सम्झनाको माइती अर्थात् ससुरालीबाट २ लाख ऋण दिएको देखिएको छ । त्यसमध्ये कृषि विकास बैंकको १८ लाख र ससुरालीको २ लाख तिर्न बाँकी रहेको देखिएको छ ।

घरको सटरमा पसल गर्दै आएका सुदीपको पसलमा खासै सामानहरू नरहेको अनुसन्धानमा खटिएका प्रहरीले जनाएका छन् ।

***

भदौ २८ गते आइतवार काठमाडौंको कीर्तिपुरमा घरधनीले डेरावालको हत्या गरेको घटना सार्वजनिक भयो । भारतको चम्पारण घर भएका ४२ वर्षीय शम्भु चौधरी (महतो) काठमाडौंको कीर्तिपुर नगरपालिका–७ भाजंगलका प्रेमकृष्ण महर्जनको कुटाइबाट मारिए ।

ज्याला मजदुरी गर्दै आएका शम्भुले कोरोना भाइरस संक्रमणको महामारीको समयमा कोठा भाडा दिन ढिलो गरेको भन्दै कुटपिट हुँदा मृत्यु भयो । कहिले खलासी त कहिले ठेलामा व्यापार गरेर परिवार पाल्दै आएका शम्भुले लकडाउन र निषेधाज्ञाको समयमा भाडा तिर्न केही ढिलो भएको थियो । उनले १२ हजार रुपैयाँ दिएपछि घरधनीले डेरा सर्न दबाब दिइरहे । 

पछिल्लो २ महिनाको भाडा तिर्न बाँकी थियो । घरधनीले डेरा सर्न दबाब दिएपछि अर्को ठाउँका कोठा खोजेर आधा सामान सारेका थिए, आधा सार्न बाँकी नै थियो । त्यही विषयमा विवाद हुँदा घरधनी महर्जनले टाउको र पेटमा हानेर हत्या गरे ।

***

काभ्रेको पाँचखाल नगरपालिका–१२ देशभूमिका २३ वर्षीय राजकुमार दनुवारलाई अपहरण गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेले ३ जनालाई सार्वजनिक गर्‍यो ।

अपहरण गरेर ५० हजार फिरौती माग गरेको अभियोगमा प्रहरीले प्रहरीले सोही वडाकै तीघरेका आकाश परियार, नेमाल गाउँपालिका–७ माइती भएकी सविना तामाङ र रोशी गाउँपालिका–१२ माइती भएकी उमा परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवि पौडेलले बताए । 

अपहरण र फिरौतीमा संलग्न आकाश र सविना पतिपत्नी हुन् । आर्थिक हैसियत मजबुत भएका व्यक्तिलाई पहिचान गरी लकडाउनको समयमा सामाजिक सञ्जाल फेसबूकमार्फत कुराकानी गर्ने र जंगलमा भेट्न बोलाएर आकाशले पत्नी पठाउने र आफू गएर पैसा बार्गेनिङ गर्ने गरेको अनुसन्धानमा खुलेको एसपी पौडेलले बताए ।

***

यी केही प्रतिनिधि घटना हेर्दा कोरोना भाइरस संक्रमणको संकटका कारण अपराध र आत्महत्याका घटना भइरहेका देखिन्छन् । पहिलो घटनामा कोरोना भाइरसको संक्रमण फैलिएपछि बैंकको ऋण तिर्न नसकेर परिवारको हत्या गरेर आफैंले पनि आत्महत्याको बाटो रोजेको प्रहरी निष्कर्ष छ । 

दोस्रो घटनामा रोजगारी गुमाएपछि घरधनीले दिने मानसिक दबाब र शारीरिक यातनाले गर्दा ज्यान गुमाउनुपरेको छ भने तेस्रो घटनामा आर्थिक अभावले अपहरण र फिरौतीसम्म पुग्नुपरेको अवस्था देखिएको छ ।

कोरोना भाइरस महामारीपछि अपराधको प्रवृत्ति र आत्महत्याको अवस्थालाई हेर्दा आर्थिकसँग जोडिएका घटना देखिएका नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुवेर कठायतले बताए । ‘पछिल्लो समयमा भएका अपराधका घटना र आत्महत्यालाई हेर्दा मुख्य रूपमा आर्थिक पाटो नै जोडिएको देखिएको छ,’ प्रवक्ता कठायतले लोकान्तरसँग भने ।

आर्थिक समस्याले गर्दा मानसिक रोग बढ्यो : डा. ओझा

कोरोना भाइरस संक्रमणको समयमा आर्थिक अवस्था कमजोर भएपछि मानिसहरू मानसिक रोगको शिकार भएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) का मानसिक रोग विभाग प्रमुख तथा मानसिक रोग विषेशज्ञ डा. सरोज ओझाले बताए । ‘लकडाउनको समयमा मानिसहरूको आर्थिक अवस्था खस्किएको छ । यसले गर्दा उनीहरू डिप्रेसनमा गएको देखिन्छ,’ विशेषज्ञ डा. ओझाले लोकान्तरसँग भने, ‘सामाजिक र पारिवारिक समस्याले पनि मानिसहरूमा डिप्रेसन बढेको देखिन्छ ।’

बन्दाबन्दीको समयमा आम्दानीको बाटो बन्द भएर कसरी घरपरिवार चलाउने भन्ने कुरा धेरै सोच्न थालेपछि डिप्रेसनको शिकार हुने डा. ओझाले बताए । कोराना रोकथामका लागि भएको बन्दाबन्दी र निषेधाज्ञाको समयमा मानिसहरूमा आर्थिक अभाव खड्किएकाले कसरी परिवार पाल्ने भन्नेतर्फ चिन्ता देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x