नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ भर्नाका लागि स्वीकृति

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवाली। तस्वीर चन्द्रकला क्षेत्री, रासस

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया खुला गर्ने बाटो खुलेको छ। 

मन्त्रिपरिषद्को सोमबारको बैठकले ती दुबै सुरक्षा निकायमा रिक्त रहेका पदमा भर्ना प्रक्रिया खुला गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।


Advertisement

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकले लामो दूरीका सवारी साधन तथा आन्तरिक उडान असोज १ गतेबाट खुला गर्ने निर्णय गरेको छ।

सरकारले एसियाली विकास बैंकले दिने १८ अर्ब सहुलियत ऋण लिनका लागि वार्ता गर्न टोली पनि गठन गर्ने निर्णय पनि गरेको छ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्