जसले पहाड काटेर तीन किलोमिटर लामो नहर बनाए

भारतको बिहार राज्यको राजधानी पटनादेखि लगभग २०० किलोमिटर टाढा  गया जिल्लाको कोठिलवा गाउँका स्थानीयको मुख्य पेशा कृषि हो।

तर, यहाँका बासिन्दा धान र गहुँको खेती गर्न पाउँदैनथे, किनकि सिंचाईको सुविधा थिएन।


Advertisement

तर, कोठिलवा गाउँका लौंगी भुइँयाले पहाड काटेर नहर बनाउन सुरु गरे। उनको ३० वर्षको परिश्रमपछि पहाड काटेर नहर बनाए। र, पानी गाउँ पुग्यो।

उनले एक्लै पहाडमा फरुवा चलाएर तीन किलोमिटर लामो, ५ फिट चौडा र तीन फिट गहिरो नहर बनाएका छन्।


Advertisement

गत अगस्तमा उनको यो काम पूरा भयो।

अहिले आसपासका तीन गाउँका किसानलाई यो नहरले सुविधा दिइरहेको छ। उनीहरुले यो पटक धान पनि रोपे।

७० वर्षीय भुइँयाले भने, ‘म एक पटक योजना बनाउछु त पछाडि हट्दैन। आफ्नो कामबाट जतिखेर फुर्सद मिल्थ्यो त्यतिखे नहर काट्ने काम गर्दथे। पत्नी भन्थिन, यो काम हामीबाट हुँदैन। तर, मलाई लागेको थियो, सफल हुन्छ।’

(बिबिसी हिन्दीमा नीरज प्रियदर्शीले लेखेको रिपोर्टको संक्षिप्त अंश अनुदित)
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्