×

NMB BANK
NIC ASIA

भारतले नेपाललाई दियो दुई हजार थान रेमेडिसिभर

भदौ ३०, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

भारतले नेपाललाई गम्भीर अवस्थाका कोभिड–१९ का सङ्क्रमितको उपचारका निम्ति आवश्यक पर्ने ‘रेमेडिसिभर’ प्रदान गरेको छ। 

Muktinath Bank

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मंगलबार २ हजार थान रेमेडिसिभर उपहारस्वरुप हस्तान्तरण गरेका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामान गर्न भारत सरकारले रेमेडिसिभर उपलब्ध गराएकामा भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री ज्ञवालीले उक्त महामारीबाट भारत स्वयम् प्रभावित भएको अवस्थामा सहयोग प्राप्त हुनु दुई देशबीच भरपर्दो मैत्रीको प्रतीक भएको बताए।
 
विश्वका वैज्ञानिकहरू कोभिड–१९विरुद्धको खोप विकास गर्न लागिपरेका तर त्यसले कहिले मूर्तरुप लिन्छ भन्ने यकिन भइनसकको वर्तमान परिप्रेक्ष्यमा प्राप्त रेमेडिसिभर अमूल्य जीवन जोगाउन सहयोगी हुने विश्वास उनले व्यक्त गरे।
 उनले नेपालको सामाजिक–आर्थिक विकासमा भारतबाट निरन्तररुपमा प्राप्त सहयोगको सराहना गरे।
 
राजदूत क्वात्राले कोभिड–१९ विरुद्धको लडाइँमा भारत सरकारले आफ्नो क्षमताले भ्याएसम्म हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो देशको ‘छिमेक पहिले’ नीतिअनुरुप थोरै भएपनि नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताए।


Advertisment
Nabil box
Kumari

चिकित्सा क्षेत्रका जानकारहरूका अनुसार  ‘अक्सिजन थेरापी’मा रहेका सङ्क्रमितको उपचारमा रेमेडिसिभर प्रयोग गरिन्छ। यसको उपयोगबाट बिरामीलाई शीघ्र स्वास्थ्यलाभ गर्न मद्दत पुग्छ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x