×

NMB BANK
NIC ASIA

चैतभित्रै शैक्षिक सत्र समापन गरिने

भदौ ३१, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

सरकारले संकटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आगामी ७ महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूूनतम कुरा सुुनिश्चित गरेर शैक्षिक सत्र समापन गर्ने र त्यसका आधारमा विद्यार्थीलाई कक्षोन्नति गर्ने योजना कार्यान्वयन गर्न सरकार अगाडि बढिरहेको छ


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलवार आयोजित भर्चुुअल पत्रकार सम्मेलनमा विद्यालय नखुले पनि विद्यार्थीको सिकाइ अवरुद्ध नहुने बताए । उनले अहिलेको शैक्षिक सत्र चैत महिनामा पूरा गर्नेगरी सरकार अगाडि बढेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

कक्षा कोठाको पठनपाठन अवरुद्ध भए पनि वैकल्पिक विधिलाई नै अबको मूलधारको शिक्षा मान्ने घोषणा सरकारले गरिसकेको छ ।

Vianet communication
Laxmi Bank

मन्त्री पोखरेलले पाठ्यवस्तु समायोजन ढाँचा–२०७७ स्वीकृत गरिएको जानकारी दिए । ७ महिनाको अवधिमा विद्यार्थीले सिक्नुपर्ने न्यूूनतम कुरा सुनिश्चित गरी पाठ्यवस्तु समायोजन ढाँचा स्वीकृत गरिएको हो । स्वीकृत ढाँचा अब छिट्टै विद्यालय तथा शिक्षक समक्ष पुर्‍याइने जनाइएको छ ।

शैक्षिक सत्रको समय घटेको अवस्थामा छोटो समयमा कसरी विद्यार्थीको न्यूूनतम सिकाइ सुनिश्चित गर्ने भन्ने मुख्य उद्देश्यले नै पाठ्यवस्तु समायोजन ढाँचा तयार पारिएको हो ।

कोरोना भाइरसको संक्रमण कायमै रहेको अवस्थामा बालबालिकाको सिकाइ निरन्तर जारी राख्ने र शैक्षिक सत्र क्षति हुन नदिने प्रतिबद्धता मन्त्री पोखरेलले जनाए । वैकल्पिक विधिबाट गरिने पठनपाठन संकटको बेलामा मूलधारको सिकाइ मानिएको मन्त्री पोखरेलले स्पष्ट गरे । वैकल्पिक शिक्षामा विद्यार्थीको मूल्यांकन गर्दा शिक्षकको जिम्मेवारी महत्त्वपूर्ण हुने उनले औंल्याए ।

विद्यार्थीको कक्षा स्तरोन्नति गर्न लिखित, मौखिक, परियोजना कार्य लगायतबाट गर्न सकिने आधार तयार पारिएको छ । अब शिक्षकले समायोजित पाठ्यवस्तुको ढाँचाका आधारमा विद्यार्थीको पठनपाठन अगाडि बढाउने जानकारी दिइएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले पाठ्यक्रमको कार्यान्वयन विद्यालयमा शिक्षकले स्थानीय परिवेशका आधारमा गर्ने जानकारी दिए । विद्यालय तहमा स्थानीय विज्ञ, प्रधानाध्यापक र विषय शिक्षक रहेको समितिले यसलाई कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।

कक्षागत रूपमा अलग–अलग पाठ्यक्रम समायोजन गरिएको छ । पाठ्यक्रमलाई कुनै निश्चित प्रतिशतका आधारमा संकुचनभन्दा पनि कति पढाउने र विद्यार्थीलाई कक्षा चढाउने भन्ने निर्णय स्थानीय स्तरमै हुने उनले बताए ।

यसैबीच सरकारले कक्षा–११ मा नयाँ पाठ्यक्रम नै लागू हुने भन्दै सोही अनुसारको तयारीमा जुट्न मातहतका कार्यालयलाई निर्देशन गरेको छ । मन्त्री पोखरेलले यस वर्षबाट कक्षा–११ मा नयाँ पाठ्यक्रम लागू गरिने स्पष्ट गर्दै यसमा कोही भ्रममा नपर्न आग्रह गरे ।

विद्यार्थीको सिकाइ प्रभावकारी र उपलब्धिमूूलक बनाउन शिक्षक र अभिभावकको भूूमिका महत्त्वपूर्ण हुन्छ । विद्यार्थी कक्षा कोठामा आउन नसकेको अहिलेको अवस्थामा घरपरिवार र शिक्षकको सहयोग बिना विद्यार्थीको न्यूूनतम सिकाइ स्तर हासिल गर्न चुनौती हुने सम्बन्धित सरोकारवालाले बताएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले मंगलबार आयोजना गरेको भर्चुअल छलफलमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले शिक्षक परिचालन र अभिभावक क्रियाशील हुँदा मात्र विद्यार्थीको सिकाइ सुनिश्चित हुने बताए ।

सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले शिक्षक, अभिभावक व्यवस्थापन समितिको भूमिकालाई समेत स्पष्ट गरेकाले सबैको क्रियाशील भूमिकाको अपेक्षा गरिएको उनले स्पष्ट पारे ।

यसैगरी उनले वैकल्पिक विधिमा विद्यार्थीलाई रेडियो, टेलिभिजन, अनलाइन वा अन्य माध्यममा जुन अनुकूल हुन्छ सोही माध्यममा सहभागी गराएर अगाडि बढाउनुपर्छ र सबैखाले विद्यार्थीको सिकाइ सुनिश्चित गरिने बताए ।

कार्यक्रममा शिक्षा विश्लेषक टीका भट्टराईले अभिभावक र शिक्षकको जिम्मेवारी थपिएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x