×

NMB BANK
NIC ASIA

प्याजका लागि भारतकै भर पर्दा ...

भदौ ३१, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

भारतले प्याज निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपाली बजारमा एकैदिन होलसेलमा प्रतिकिलो १५ रुपैयाँ मूल्य बढेको छ ।

Muktinath Bank

सोमवार प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको भारतीय प्याज मंगलवार ७५ रुपैयाँमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खुद्रा बजारमा १ किलोकै १०० रुपैयाँसम्म मूल्य पर्‍यो । ‘सोमवार ३५ टन प्याज भित्रिएको थियो, मंगलवार भित्रिएन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘९० प्रतिशत भारतबाटै आयात हुन्छ । आयात नहुँदा यहाँ मूल्य बढेको हो ।’ गत आर्थिक वर्षमा समितिमा २४ हजार २७२ टन प्याज भित्रिएको थियो ।


Advertisment
Nabil box
Kumari

भारतबाट मात्रै २२ हजार ३५ टन आयात भएको श्रेष्ठले जानकारी दिए । ‘चालु आर्थिक वर्षको भदौ ३० सम्म ३ हजार ८ सय २ टन भित्रिएको छ । जसमध्ये भारतबाट मात्रै ३ हजार ७ सय ९९ टन आयो,’ उनले भने, ‘स्वदेशमा उत्पादन नहुँदा भारतमै निर्भर हुनुपरेको छ ।’

Vianet communication
Laxmi Bank

नेपालमा कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छ । यसका लागि पर्याप्त सिँचाइ चाहिन्छ । प्याज कात्तिक/मंसिरमा लगाएर चैत/वैशाखमा उखेलिन्छ । उक्त मौसम सुक्खा हुन्छ । पर्याप्त सिँचाइ अभावले पनि उत्पादनमा कमी हुने गरेको छ । स्वदेशी उत्पादन भण्डारण गरेर राख्ने सुविधा पनि छैन । भएको उत्पादन स्थानीय तहमै खपत हुने गरेको जानकार बताउँछन् । जसले गर्दा आयातकै भर पर्नुपरेको हो ।

भारतले बेलाबेलामा प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियाले पनि चलखेल गर्छन् । जसले क्रमिक रूपमा मूल्य बढ्ने गरेको छ ।

बजारमा प्याज अभाव र मूल्य वृद्धि भइरहँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग उत्पादन बढाउने विशेष कार्यक्रम पनि केही छैन । संघीय संरचनासँगै केही पालिकाले तरकारी उत्पादन गरिरहेका छन् । तर उत्पादन बढ्न नसकेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले स्वीकारे । भारतले समय–समयमा निर्यातमा बन्देज लगाउने गरेकाले यसको खपत घटाउनुपर्ने उनले सुझाए ।

‘प्याज नखाँदैमा भोकमरी लाग्दैन । कहिलेकाहीँ मासुभन्दा प्याज महँगो हुन्छ,’ उनले भने, ‘त्यसैले यसको खपत घटाउनुपर्छ ।’

मुलुकभर औसत २० हजार हेक्टरमा प्याज खेती हुन्छ । उक्त क्षेत्रफलमा करिब साढे २ लाख टन प्याज उत्पादन हुन्छ । तर त्यो उत्पादनले माग धान्दैन । जसले गर्दा आयातमै निर्भर हुनुपर्ने बाध्यता छ । ‘उत्पादन बढाए पनि प्याज राख्ने ठाउँ छैन । भण्डारणको सुविधा छैन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘समस्या त्यही हो ।’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का प्रवक्ता मनोज ठाकुरले पनि व्यवस्थापकीय पक्ष कमजोर हुँदा सधैं अभाव भएको बताए । ‘१५ वर्षअघि स्वदेशमै छ्यापछ्याप्ती उत्पादन हुन्थ्यो । माग स्वदेशी प्याजले धान्थ्यो । तर अहिले उत्पादन स्वात्तै घट्यो,’ उनले भने, ‘प्याज मिसन कार्यक्रम पनि विफल भयो । खेती गर्न जग्गा छ तर व्यवस्थापन गर्न सकेनौं ।’

प्याज उत्पादन बढाउन सरकारले ०६४ देखि ०६९ सालसम्म सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र रूपन्देहीमा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमअन्तर्गत ५० करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो । तर उत्पादन सामग्री खरिद, वितरणलगायतमा अनियमितता भएकै कारण परियोजना सफल हुन सकेन । प्याज खेतीको क्षेत्रफल र उत्पादन पनि बढेन ।

गत आर्थिक वर्षमा पनि राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रले करिब ११ करोड रुपैयाँ अनुदान दिने योजना बनाएको थियो । उक्त रकमबाट रुकुम र पाल्पामा बीउ र कपिलवस्तु, दाङ, बाँके एवं बर्दियामा प्याज उत्पादन गर्ने कार्यक्रम थियो ।

गत वर्षको प्याज उत्पादनको विशेष कार्यक्रम लागू नभएको मन्त्रालयका प्रवक्ता केसीले बताए । ‘मन्त्रिपरिषद्बाट अनुदानसम्बन्धी निर्देशिका पारित भएन, जसले गर्दा गत वर्ष कार्यक्रम हुन सकेन,’ उनले भने,, ‘यो वर्षमा बीउ उत्पादन कार्यक्रम भन्ने जानकारी छ ।’ गत वर्ष कार्यक्रम भए पनि चालु आर्थिक वर्षमा पर्याप्त कार्यक्रम पनि नभएको केन्द्रका सूचना अधिकारी भरतबहादुर आचार्यले बताए । ‘कार्यविधि स्वीकृत नहुँदा अनुदानको कार्यक्रम लागू भएन । प्याज उत्पादन भए पनि पुग्ने अवस्था छैन,’ उनले भने । प्याज हिउँदमा खेती गरिने २ वर्षे बाली भए पनि गाना भने एकै सिजनमा उत्पादन गर्न सकिन्छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x