योशिहिदे सुगा बने जापानका नयाँ प्रधानमन्त्री

योशिहिदे सुगा बुधवार जापानका ९९औं प्रधानमन्त्री बनेका छन् । 

उनका पूर्ववर्ती शिन्जो आबेले जापानको इतिहासमा सबभन्दा लामो समय सरकार चलाएको इतिहास बनाएलगत्तै स्वास्थ्यका कारण दर्शाएर राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका हुन् । 


Advertisement

सुगाले पदको शपथ लिएसँगै जापानमा नयाँ युगको आरम्भ भएको मानिएको छ । तर सुगासमक्ष राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको चाङ छ । 

सुगाले तत्कालै मन्त्रिपरिषद् गठन गर्नेछन् । कोरोनाभाइरस महामारी र त्यसले गर्दा आएको आर्थिक सुस्तताबाट देशलाई पार लगाउनका लागि काम गर्न सक्ने मानिसहरूलाई उनले मन्त्री बनाउन खोजेका छन् । 


Advertisement

उनले आबेकै मन्त्रीहरूलाई राख्ने वा विगतमा महत्त्वपूर्ण पद सम्हालेको अनुभव भएका मानिसलाई मन्त्री बनाउने सोच राखेका छन् । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीमा स्थिरताका लागि उनले प्रयास गर्नेछन् । पार्टीको गुट सन्तुलन तथा नवीनता, विविधता र नयाँ अनुहार सबैलाई मिलाउने सोच उनको देखिन्छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्