कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
शांघाई कोअपरेसन अर्गनाइजेसनका सदस्य मुलुकहरूका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको भर्चुअल बैठकमा पाकिस्तानले नयाँ तथा विवादित नक्सा सार्वजनिक गरेपछि भारतले रिसाउँदै बैठक बहिष्कार गरेको खबर भारतीय सञ्चारमाध्यमहरूमा आएका छन् ।
मंगलवारको उक्त बैठकमा भारतको प्रतिनिधित्व अजित डोभालले गरेका थिए र उनले पाकिस्तानको ‘अवैध’ नक्सामा कडा आपत्ति जनाएको बताइएको छ ।
रुसले पाकिस्तानलाई उक्त नक्सा नदेखाउनका लागि निकै फकाएको अनि यस कार्यले भारतलाई एससीओमा सहभागी हुनबाट नरोक्ने आशा लिएको बताइएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अघिल्लो महिना नयाँ नक्सा जारी गरेर जम्मु कश्मीर पूरैलाई पाकिस्तानको नक्सामा देखाएका थिए । यही नक्सालाई पाकिस्तानी अधिकारीहरूले पृष्ठभूमिमा राखेका थिए ।
रुसीहरूले एससीओ बैठकमा दुई देशका द्विपक्षीय विवादका कुरा उठाउन नपाउने भनी संगठनको बडापत्रमा लेखिएको कुरा परराष्ट्रमन्त्रीहरूको बैठकमा स्मरण गराएका थिए । यो मञ्च पारस्परिक विश्वास निर्माणका लागि बनेको उनीहरूको भनाइ छ ।
भारतले यसै वर्ष एससीओ मुलुकहरूका प्रधानमन्त्रीको बैठक आयोजना गर्न लागेको छ । पाकिस्तानका प्रधानमन्त्रीलाई स्थापित अभ्यास र प्रक्रियाअनुसार एससीओ बैठकमा निम्तो दिने भारतले बताएको छ ।
रुसले एससीओ उपयोग गरेर भारत तथा पाकिस्तानले साझा आधारभूमि खोजून् भनी चाहेको भए पनि भारतले आतंकवादप्रति शून्य सहनशीलता र कश्मीरमा पाकिस्तानको चासो नरहनु दुवैलाई न्यूनतम विन्दु मानेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...