×

NMB BANK
NIC ASIA

बच्चाहरूले खाना खाएनन् भने यो विधि अपनाउनुस्..

कात्तिक २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 आजकल मातापितालाई एउटै मात्र गुनासो रहन्छ । बच्चालाई भोकै लाग्दैन । केही खाइदिँदैन । खाना नखाएकाले ऊ कमजोर हुँदै गएको छ । 

बच्चाले नखाइदिनाले मातापिताले तनाव लिने गरेका छन् । अनि आवश्यकताअनुसार स्वस्थ आहार नपाउँदा बच्चाको शारीरिक र मानसिक विकास हुन पाउँदैन । 

भारतको जयपुरस्थित जेकेलोन अस्पतालमा बाल रोग विशेषज्ञ डा अशोक गुप्ताले यसको समाधान बताएका छन् । 

प्रायः बच्चाहरूलाई भोक लागेन भनेर औषधि दिइन्छ । औषधि खाउन्जेल भोक लाग्छ अनि औषधि छोडेपछि भोक पनि बन्द हुन्छ । 

बच्चालाई ब्रेकफास्ट दिने गर्नुपर्छ । हाम्रो शरीर रातभरि उपवास गर्छ । सुत्नु र उठ्नुका बीच सात घन्टाको ग्याप हुन्छ । यो रातभरिको उपवासलाई सही मेटाबोलिजमतर्फ लग्नुपर्छ । अनि यसका लागि ब्रेकफास्ट आवश्यक हुन्छ । ब्रेकफास्टबाट मेटाबोलिक प्रक्रिया सही तरिकाले सुचारु हुन्छ र बच्चालाई भोक लाग्न थाल्छ । 

बिहान ब्रेकफास्ट नगर्ने बच्चाको भोक कम हुन्छ । त्यसैले पहिले उनीहरूलाई अवश्यै खाजा खुवाउनुस् । यसले मेटाबोलिजम नियन्त्रणमा राख्छ र बच्चालाई भोक लाग्छ । 

बच्चालाई अलिअलि गरी खुवाउनुस् । 

अनि बच्चाले खाएन भनेर दूध त पिइहाल्छ भनी आवश्यकताभन्दा बढी दूध दिँदा एक्सेसिभ मिल्क सिन्ड्रोम हुन्छ र बच्चालाई भोक कम लाग्छ । 

अनि खानापछि फ्रुट डेजर्ट दिँदा पनि बच्चा खानाप्रति आकर्षित हुन्छ । फलफूल खाँदा बच्चाको मेटाबोलिजम राम्रो रहन्छ । 

बच्चालाई फ्याट भएको खानेकुरा दिनुहुँदैन । त्यस्तो खानेकुराले भोक घटाउँछ । 

अनि बच्चाको व्यायाम र शारीरिक गतिविधि बढाउनुस् । टीभी र मोबाइल कम हेर्न दिनुस् । बच्चाको भोक बढाउनका लागि आउटडोर एक्टिभिटी बढाउनुस् । 

बसी बसी खुवाउँदा बोसो बढ्छ । बच्चालाई सही पोषण दिएर राम्रो विकास गराउनुस् । 

तातो वातावरणमा भोक नलाग्ने भएकाले बच्चालाई भान्सामा खाना नखुवाउनुस् । खाना खुवाउने ठाउँमा ताजा हावा आउनुपर्छ । यसले दिमाग शान्त रहन्छ र बच्चाले मन लगाएर खाना खान्छ ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x