×

NMB BANK
NIC ASIA

अनलाइन कक्षालाई तिव्रता दिन जुटे निजी विद्यालय, सरोकारवालाको नाममा अपील जारी

भदौ ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन जुटेको छ । सरकारले भर्चुअल, अनलाइन, दूरशिक्षा लगायतका वैकल्पिक शिक्षण सिकाइलाई मान्यता दिएसँगै प्याब्सन पनि वैकल्पिक सिकाइ प्रणालीलाई थप व्यवस्थित बनाउने गरी अघि बढेको हो । 

Muktinath Bank

प्याब्सनले बुधबार अभिभावक तथा सरोकारवालालाई सम्बोधन गरी अपील जारी गर्दै भनेको छ, ‘एक शैक्षिक–सत्र खेर जाँदा शिक्षण सिकाइ कृयाकलापमा पर्न जाने अपुरणीय क्षतिलाई मध्यनजरमा राख्दै शैक्षिक–सत्र खेर जान नदिन तीनै तहका सरकार, अन्य सरोकारवाला निकायहरू लगायत आम जनसमुदायले आ–आफ्ना स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्नुहुने छ  भन्ने प्याब्सन केन्द्रीय कार्यसमितिले विश्वास लिएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 साथै इन्टरनेट सेवा प्रदायक सङ्घ–संस्थाहरू, विद्युत् सेवा प्रदायक सङ्घ–संस्था, भर्चुअल, अनलाइन, दूरशिक्षा प्रदायक सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाहरूलाई आ–आफ्ना सेवा र सुविधालाई भरपर्दो र सहुलियत दरमा उपलब्ध गराइ सहयोग गरिदिन पनि अनुरोध गरेको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै सिकाइमा भइरहेको नयाँ अभ्यासलाई भरपर्दो र प्रभावकारी बनाउन आ–आफ्ना नानीबाबुहरूलाई सहयोग गर्न पनि अनुरोध गरिएको छ । 

Vianet communication
Laxmi Bank

यस्तै प्याब्सनले विभिन्न ५ बुँदामा अभिभावकको ध्यानाकर्षण पनि गराएको छ, जुन यसप्रकार छः

१.    सम्भव भएसम्म आफ्ना  नानीबाबु पहिलेदेखि अध्ययन गरिरहेको  विद्यालयमा सम्पर्क गरी अभिलेखीकरण गराउँनु हुन ।
२.    बाध्यात्मक अवस्थामा विद्यालय परिवर्तन गर्नुपर्ने भएमा अघिल्लो शैक्षिक सत्रमा अध्ययन गरेको विद्यालयबाट स्थानान्तरण प्रमाण–पत्र प्राप्त गरी नयाँ विद्यालयमा भर्ना गराउँनु ह्ुन ।
३.    आफ्ना नानीबाबु नेपाल सरकारले वर्गीकरण गरेको शिक्षण सिकाइको कुन माध्यमका पहँुचमा छन् त्यसको जानकारी सम्बन्धित विद्यालयमा गराउँनु हुन ।
४.    विद्यालयले माग गरे बमोजिमका विवरणहरू उपलब्ध गराउँनु हुन ।
५.    कुनै पनि समस्या वा अन्यौलता भएमा सम्बन्धित विद्यालयमा सम्पर्क गर्नुहुन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x