एकता संकटमा परेको बेला राप्रपाका तीन नेताबीच वार्ता, के भयो सहमति ?

काठमाडौं । चुनाव चिन्हको विषयमा नेताहरुबीच विवाद भएर पार्टी एकता नै संकटमा परेको भनिएको बेला राप्रपाका तीन अध्यक्षबीच बुधबार वार्ता भएको छ । वार्ता सकारात्मक बनेको नेताहरुले बताएका छन् । 
अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको वार्तामा सहमति र समझदारीबाटै सबै समस्या हल गर्ने सहमति बनेको बताइएको छ । 
बैठकपछि पार्टी अध्यक्षमध्येका एक कमल थापाले पार्टी एकता अक्षुण्ण राख्ने प्रतिबद्धता तीन नेताबीच भएको सामाजिक सञ्जालमा बताएका छन् ।

एकतापछिको दल निर्वाचन आयोगमा दर्ता गर्नुपर्छ–पर्दैन विषयमा दलभित्र विवाद छ। चुनाव चिन्ह के राख्ने भन्ने बारेमा पनि विवाद छ। पार्टीको चुनाव चिन्ह ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाउने निर्णय भएको थियो ।तर, चुनाव चिन्ह हलो राख्नुपर्छ भन्नेमा लोहनी तथा राणा र गाई हुनुपर्छ भन्नेमा कमल थापा रहँदा समस्या सुल्झिन सकेको छैन । 
फागुन २९ गते राप्रपा र राप्रपा (संयुक्त) बीच एकता भएको थियो। 
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्