काठमाडौंमा मात्रै ११ हजार बढी कोरोना संक्रमित, उपत्यकाका तीन जिल्लाको विवरण हेर्नुहोस्

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको छ । स्थानीय प्रशासनले जारी निषेधाज्ञा खुकुलो पार्नुका साथै बाहिरबाट उपत्यका प्रवेश गर्नेको संख्या समेत बढेसँगै संक्रमित पनि ह्वात्तै बढेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारमात्र ७३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म काठमाडौंँमा ११ हजार ३२९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । जसमा पुरुष ७५४९ र महिला ३६९० जना रहेका छन् । यस्तै ललितपुरमा जम्मा १२८६ जनामा संक्रमण पुष्टि भएकोमा महिला ५८१ र पुरुष ७०५ जना रहेका छन्  । यस्तै भक्तपुरमा ११८६ जना संक्रमित पुगेका छन् । जसमा महिला ४७६ र पुरुष ६६० जना रहेका छन् । 


Advertisement

हालसम्म काठमाडौंमा ५ हजार २६२ जना निको भएका छन् भने ६८ जनाको मृत्यु भएको छ । यस्तै ललितपुरमा ७७१ जना निको हुनुका साथै ९ जनाको मृत्यु भएको छ भने भक्तपुरमा ११६ जना निको हुँदा १३ जनाको मृत्यु भएको छ । अन्य संक्रमित होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका छन्। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्