आन्दोलन गर्ने चेतावनी दिने वायुसेवा सञ्चालक संघ किन विमान नचलाउने निर्णयमा पुग्यो ?

काठमाडौं । तत्काल आन्तरिक उडान खुला गर्नुपर्ने दवाव दिँदै आएको वायुसेवा सञ्चालक संघले सरकारले निर्णय गरेपछि भने उडान सुचारु नगर्ने निर्णय लिएको छ । संघले लामो समय उडान बन्द हुँदा व्यवसाय नै धरापमा परेको भन्दै उडान खुला नगरे आन्दोलन गर्नेसम्मको चेतावनी दिएको थियो । मागअनुसार नै सरकारले असोज १ गतेदेखि आन्तरिक उडान खुला गराएपनि यु–टर्न हुँदै वायुसेवा संचालक संघले उडान नै सञ्चालन नगर्ने निर्णय गरेको हो । 

संघले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिवलाई एक पत्र लेख्दै संघले ५० प्रतिशत मात्र यात्रु लिएर उडान सञ्चालन गर्न सम्भवन नरहेको भन्दै यही अवस्थामा उडान सञ्चालन गर्न नसकिने जानकारी गराएको छ ।


Advertisement

पत्रमा भारतसहित अन्य मुलुकमा पनि ५० प्रतिशतमात्र यात्रु बोक्नु पर्ने भन्ने व्यवस्था नरहेको तथा ५० प्रतिशत यात्रु बोक्दा टिकटको मूल्य दोब्बर पर्ने भएकाले यात्रुको लागि त्यो प्रियकर नहुने भएकाले उडान अहिले खोल्नुका अर्थ नरहेको उल्लेख गरिएको छ । यो व्यवस्थाले हवाइ उद्योग थप धराशयी हुने भएकाले खारेज गरेर पूर्ण क्षमतामा यात्रु बोक्ने व्यवस्था मिलाउन सरकारसँग संघले आग्रह गरेको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्