भारतमा एकैदिन ९३ हजार बढी संक्रमित थपिए, हालसम्म कति निको भए ?

छिमेकी देश भारतमा बुधबार एकैदिन ९३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । बुधबार अबेरसम्म भारतमा ९३ हजार ८८४ जना नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ५१ लाख ११ हजार ८५८ पुगेको छ । यसैगरी मृतकको कृल संख्या ८३ हजार २०६ जना पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । 
हालसम्म भारतमा ४० लाख १७ हजार बढी संक्रमणमुक्त हुँदा १० लाख ११ हजार हाराहारीका संक्रमितको उपचार भइरहेको छ । संक्रमितमध्ये करिब ९ हजारको अवस्था गम्भीर रहेको जनाइएको छ । भारत अमेरिकापछि धेरै संक्रमित रहेको देश हो ।  
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्