मंसिर ५, २०८०
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
घरभित्रै बस्दा कोरोना भाइरस संक्रमणबाट बच्न सकिने मान्यता छ । सरकारले पनि घरभित्रै बस्न सबैलाई आग्रह गर्दै आएको छ ।
तर सुरक्षाकर्मी र कारागार प्रशासनको प्रत्यक्ष निगरानीमा जेलभित्र थुनिएका कैदीबन्दीमा समेत कोरोना संक्रमण देखिन थालेको छ । जेलभित्र थुनिएका कैदीबन्दीमा कोरोना संक्रमण कसरी फैलिँदैछ ?
२ नम्बर प्रदेशको सिरहा जिल्लास्थित कारागारमा रहेका कूल कैदीबन्दीमध्ये अधिकांशमा कोरोना संक्रमण देखिएको छ । सिरहा कारागारमा हालसम्म कूल ५०७ जना कैदीबन्दीमा कोरोना संक्रमित देखिएपछि कैदीहरू त्रसित भएका छन् ।
कारागारका जेलर बबिता महतोका अनुसार कारागारभित्र कूल ५९९ जना कैदीबन्दी रहेकामा १८ महिला, २ आश्रित बालबालिका र ४८७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यसरी फैलियो संक्रमण
साउन २६ गतेसम्म सिरहा कारागारमा कुनै पनि कैदीबन्दीमा कोरोना थिएन । जेलर महतोका अनुसार साउन २६ गते जिल्ला प्रहरी कार्यालय सिरहामा थुनामा रहेका ५ जना थुनुवालाई अदालतको आदेशपछि पुर्पक्षको क्रममा कारागार ल्याइएको थियो ।
पाँचै जना थुनुवाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको भए पनि रिपोर्ट आइसकेको थिएन । ‘उनीहरूलाई हामीले जेलभित्र थुनुवा कैदीबन्दीसँग नराखेर जेल परिसरभित्र नै बनाइएको छुट्टै क्वारेन्टीनमा राखेका थियौं,’ जेलर महतोले भनिन्, ‘उहाँहरू आएको २ दिनपछि रिपोर्ट आउँदा ५ जनामध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।’
रिपोर्ट आएपछि संक्रमितलाई छुट्याएर जेलभित्रको एउटा कोठामा राखियो भने बाँकीलाई त्यही क्वारेन्टीनमा राखिएको थियो । त्यसपछि जेलमा रहेका सबै थुनुवा कैदीबन्दीको स्वाब परीक्षण गर्ने काम शुरू भयो । महतोका अनुसार जेलभित्रका ३० जना कैदीबन्दीको कोरोना परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आयो, फेरि ८० जनाको परीक्षण गर्दा ५९ जनामा पोजेटिभ देखियो । त्यसपछि २० महिला र २ आश्रित बालबालिकाको समेत परीक्षण गर्दा १९ जना महिला र २ आश्रित बालबालिकामा समेत कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको थियो । बुधवार कारागारभित्र २४१ जना थप कैदीबन्दीमा एकैपल्ट कोरोना संक्रमण पुष्टि भएको छ । हाल जेलभित्र ५०७ जनामा कोरोना संक्रमण देखा परिसकेको छ ।
जेलको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीदेखि जेलका अन्य कर्मचारीमा भने कोरोना संक्रमण देखिएको छैन । ‘बाहिरबाट आएका थुनुवाबाट नै एकअर्को व्यक्तिमा संक्रमण फैलियो भन्ने जस्तो लागेको भए पनि के कति कारणले संक्रमण यति ठूलो संख्यामा पुग्यो भन्नेबारे केलाउन सकिएको छैन,’ उनले भनिन्, ‘जेलको माथिल्लो तल्लामा संक्रमितलाई राखिएको छ भने तल नेगेटिभ रिपोर्ट आएका थुनुवालाई राखिएको छ । महिलालाई छुट्टै राखिएको छ भने पुरुषलाई छुट्टै राखिएको छ ।’
संक्रमित भएकालाई सामाजिक दूरी कायम गरेर राख्नुपर्नेमा स्थानको अभावका कारण संक्रमण भएका र नभएकालाई छुट्टाछुट्टै राखिएको छ । संक्रमित कैदीबन्दीमध्ये केहीलाई सामान्य रुघाखोकी र ज्वरो देखिएको उनले बताइन् । १३५ जना पुरुष र १५ जना महिला गरी कूल १५० कैदीबन्दी मात्र अटाउन सक्ने क्षमता रहेको जेलमा ५९९ जना कैदीबन्दी राखिएका छन् ।
कैदीबन्दीमध्ये केही व्यक्ति मधुमेह, रक्तचाप, दम, मुटु रोग जस्ता दीर्घरोगी भएर औषधि खाइरहेका छन् । तर कारागार प्रशासनले दीर्घरोगीलाई छुट्टै राखेर सुरक्षा प्रदान गरिसकेको छैन । ‘कुन थुनुवा कति बढी जोखिममा छन् भनेर छुट्याउन बाँकी नै छ, उमेर समूहदेखि पहिलेदेखि नै बिरामी रहेका थुनुवाको तथ्यांक झिकाएर केही गर्न सकिने भए त्यो व्यवस्था गरिने छ,’ उनले भनिन् ।
धेरै संक्रमित भएपछि स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालबाट कारागारमै स्वास्थ्यकर्मीहरू परिचालित भएका छन् । ‘एमबीबीएस डाक्टर अन कलमा रहनुहुन्छ भने नर्स तथा अहेबहरू पालैपालो मिलाएर चौबीस घण्टै जेलमा खटिनुभएको छ,’ जेलर महतोले लोकान्तरसँग भनिन्, ‘रुघाखोकी तथा ज्वरोको औषधि बिरामीलाई दिनुका साथै अन्य रोगका बिरामीलाई समेत औषधि दिने गरेका छौं ।’
संक्रमण नदेखिएका कैदीबन्दीले बनाउने खाना संक्रमित बिरामीलाई पठाउने गरिएको उनले बताइन् । उनका अनुसार संक्रमितको लागि छुट्टै शौचालय तथा धाराको समेत व्यवस्था गरिएको छ ।
जेलमा संक्रमण बढ्दै गएपछि कैद सजाय काटिरहेका तथा पुर्पक्षको क्रममा जेलमा रहेका सबै कैदीबन्दीले रिहा गर्नुपर्ने आग्रह गरिरहेका जेलर महतोले बताइन् । ‘बरु महिनाको प्रत्येक हप्ता कुनै प्रहरी चौकीमा हाजिर गर्नु परे त्यो गर्न पनि तयार छौं तर कम्तिमा कोरोना संक्रमणकालसम्मको लागि रिहाइ गर्नुपर्यो भनेर कैदीबन्दीले भनिरहेका छन्,’ उनले भनिन् ।
कोरोना विरुद्धको लडाइँका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले कारागारलाई २० लाख रुपैयाँ दिएको थियो । औषधि, स्यानिटाइजर, मास्क, ग्लोभ्स, साबुन, पीपीई लगायत खरिदमा रकम खर्च भइसकेको तथा चालू आर्थिक वर्षको साउन र भदौ महिनाका लागि पनि बजेट पठाइदिने भनेर प्रदेश सरकारले आश्वासन दिएको उनले बताइन् ।
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...