झन् झन् आक्रामक बन्दै कंगना, दिइन् कडा बयान..

बलिउड अभिनेत्री कंगना रनावतले बुधवार निकै कडा बयान दिएकी छन् । 

बलिउडले आफूलाई जम्मा दुई मिनेटको भूमिका, आइटम नम्बर र रोमान्टिक सीन मात्र दिएको र त्यो पनि नायकसँग सुतेपछि पाएको भनी उनले ट्वीट गरेकी छन् । 
 


Advertisement

पुरानी अभिनेत्री तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले बलिउडलाई बदनाम गर्नेहरूको संसदमा आलोचना गरेपछि कंगनाको बयान आएको हो । बलिउडबाट पैसा कमाएर त्यसैलाई बदनाम गर्न नहुने उनको भनाइ थियो । 


Advertisement

यसैबीच अर्की अभिनेत्री उर्मिला मातोडकरले कंगनालाई रुन्ची केटी भनी टिप्पणी गरेपछि कंगनाले कठोर जवाफ फर्काउँदै उर्मिला सफ्ट पोर्न अभिनेत्री भएको बताइन् । 

सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा नातावाद र लागूपदार्थ सेवनका विषयमा कंगनाले फिल्म उद्योगका मानिस तथा महाराष्ट्र सरकारसँग जोरी खोजिरहेकी छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्