×

NMB BANK
NIC ASIA

शपथपछि वामदेवले भने– ‘राष्ट्रिय सभामा रहेर समाजवाद स्थापना गर्ने नेकपाको संकल्प पूरा गर्छु’

असोज १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा उपाध्यक्ष एवं राष्ट्रिय सभाका नव नियुक्त सदस्य वामदेव गौतमले नेपालमा समाजवाद स्थापना गर्ने नेकपाको संकल्प पूरा गर्न राष्ट्रिय सभामा भूमिका खेल्ने बताएका छन् ।

Muktinath Bank

राष्ट्रिय सभाको गरिमा बढाउनका लागि निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्ने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद् सचिवालयमा बिहीवार राष्ट्रिय सभा सदस्यको शपथ लिएपछि संक्षिप्त सम्बोधन गर्दै गौतमले मुलुकको पक्षमा काम गर्ने बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार दिउँसो नै गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेकी थिइन् ।

Vianet communication
Laxmi Bank

‘राष्ट्रिय सभाको गरिमा बढाउनका लागि संविधान र नियमावली अनुसार मैले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्न आएको छु । मैले यो सभाको सदस्य रहँदासम्म कहिले पनि राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने कुनै क्रियाकलाप गर्ने छैन,’ गौतमले भने, ‘मैले राष्ट्रिय सभाको जिम्मेवारी पूरा गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रियता, सार्वभौमिकता र नेपाली जनताप्रति सधैँ बफादार भएर मैले आफ्नो कर्तव्य निर्वाह गर्नेछु ।’ 

गौतमले नेपालमा समाजवाद स्थापना गर्ने नेकपाको संकल्प राष्ट्रिय सभामा रहेर पूरा गर्ने बताए ।

‘हाम्रो पार्टी (नेकपा)ले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको छ, त्यो संकल्पबमोजिम त्यो कार्य सम्पन्न गर्नका लागि के कति भूमिका निर्वाह गर्नसक्छु, त्यो भूमिका गर्नेछु,’ गौतमले भने । 

हेर्नुहोस्, भिडियो :


गौतमले आफूलाई राष्ट्रिय सभामा सिफारिश गरेकोमा प्रधानमन्त्री केपी ओली र पार्टीलाई धन्यवाद दिए । गौतमको शपथ समारोहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए । 

सिंहदरबारस्थित संसद् सचिवालयमा बिहीवार आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ गराएका हुन् । आफूले पार्टी सदस्यता दिएका तिमल्सिनाबाट राष्ट्रिय सभा सदस्यको शपथ लिन पाएकोमा आफ्नो छाति फुलेको गौतमले बताए । 

नेकपा सचिवालयका ९ जना सदस्यमध्ये गौतम मात्र संसद् बाहिर थिए । राष्ट्रिय सभामा गौतमको कार्यकाल ६ वर्ष हुनेछ । 

सचिवालयका ९ मध्ये ६ जना प्रतिनिधि सभाको सदस्य छन् ।

गौतमसहित रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको सदस्य छन् । 

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने गौतम नेकपाको वरिष्ठ नेता हुनेछन् । अहिले राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेता दीनानाथ शर्मा छन् ।

२०७६ फागुन २१ गते डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रिय सभामा एक सदस्य रिक्त थियो ।

गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि प्रधानमन्त्रीलाई सुझाव दिएको थियो ।

त्यसको ६ महिनापछि भदौ १८ गते सचिवालयले पुनः गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x