आजकाल अर्ग्यानिक तरकारी भेट्न मुश्किल छ । बजारमा धेरैजसो विषादी प्रयोग गरिएको तरकारी पाइन्छ । अझ केही तरकारीलाई हलक्कै बढाउने धुनमा कृषकहरूले 'सुई'को पनि प्रयोग गर्ने गर्छन् ।
तर भारतको पटनामा एउटा अचम्मको घटना भएको छ । फ्रिजमा राखेको लौकाको साइज भोलिपल्ट बिहान एकाएक बढेपछि एक महिला अचम्ममा परिन् । यो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यो घटना पटना उच्च अदालतका एक वकिलको हो । उक्त वकिलले सधैं घर फर्किँदा भिँडी, परवल र करेला लिएर जान्थे । एक दिन पत्नीले लौका लिएर आउन आग्रह गरे ।
वकिलले पत्नीले भनेको माने र बेलुका एउटा लौका लिएर आए । तर भोलिपल्ट तरकारी बनाउन फ्रिज खोल्दा लौकाको आकार बढेको वकिलकी पत्नीले बताइन् ।
लोकान्तर संवाददाता