×

NMB BANK
NIC ASIA

२५ वर्षपछि बल्ल लालपुर्जा

असोज २, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

इलामको रोङ गाउँपालिका–३ पाटापुरका सुकुम्बासी ६० वर्षीय लालसिंह राईको हर्षको सीमा थिएन । करिब २५ वर्ष लामो प्रयत्नपछि बुधबार उनले आफू बसेको जग्गाको लालपुर्जा हात पारे । ‘आज मलाई ठूलै युद्ध जितेझैं लागेको छ,’ उनले गहभरि आँसु पार्दै भने ।

Sagarmatha Cement
Muktinath Bank

उनका बुबा लालबहादुर राईले पनि धेरै संघर्ष गरे तर लालपुर्जाविहीन भएरै बिते । ‘मैले पनि बल्ल पाएँ । सपना पूरा भयो,’ राईले भने । रोङ गाउँपालिका–६ पाटापुरका ८९ परिवार २०२० सालदेखि जंगल फँडानी गरेर बसोबास गर्दै आएका हुन् । उनीहरूको जमिन थियो तर हातमा लालपुर्जा थिएन । यो वडाका १९ परिवारले बुधबार लालपुर्जा पाए । २०५२ मा तत्कालीन सरकारले गठन गरेको सुकुम्बासी आयोगले लालपुर्जा वितरणका लागि प्रक्रिया थालेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सरकार ढलेसँगै उनीहरूको आशा गुम्यो । त्यसयता यो सुकुम्बासी बस्तीमा धेरै राजनीतिक नेता भोट माग्दै पुगे । कतिपय चुनाव जितेर सत्तामै पुगे । तर पनि उनीहरूको लालपुर्जाको समस्या ज्युँका त्युँ रह्यो । ‘चुनावका बेला भोलि नै लालपुर्जा दिइहाल्छौं जस्तो गरे नेताहरूले’, राईले सुनाए, ‘जितेर गएपछि फर्किएर कहिल्यै आएनन् ।’ विनीताकुमारीलाई त लालपुर्जा पाइँदैन होला भन्ने नै थियो । बुधबार गाउँपालिकाका अध्यक्ष शमशेर राईले हातमा लालपुर्जा थमाउँदा पनि उनलाई विश्वासै लागेन । लालपुर्जा ओल्टाइपल्टाइ गरेर निकैबेर नियालेपछि बल्ल विश्वस्त भइन् ।


Advertisment
Nabil box
Kumari

गाउँपालिकाले सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न समिति बनाएर काम सुरु गरेको अध्यक्ष राईले जनाए । बाँकी ७० परिवारलाई पनि चाँडै लालपुर्जा दिइने उनको भनाइ छ । गाउँपालिकामा ३ सय ६२ परिवार लालपुर्जाविहीन छन् । कान्तिपुर दैनिकमा पर्वत पोर्तेलले खबर लेखेका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x